काठमाडौं । माओवादीका पूर्वलडाकु तुलसीसिंह भुलले आत्महत्या गरेका छन्।
Advertisement
रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका अछामको पञ्चदेवल विनायक नगरपालिका लयाटी स्थायी घर भएका भुलले आफ्नै कोठामा आत्महत्या गरेका उनको पारिवारिक स्रोतले जनाएको छ।
‘जटिल’ उपनामले चिनिने ४५ वर्षीय भुल तत्कालिन जनमुक्ति सेना नेपालको सातौं डिभिजन अन्तरगत लोकेश स्मृति विग्रेड अन्तर्गतको दुई नम्बर बटालियन सह कमाण्डर थिए ।
उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा गार्डसमेत रहिसकेका व्यक्ति हुन्।
माओवादी शान्ति प्रक्रियमा आइसकेपछि उनी करिव एक वर्ष प्रचण्डको सुरक्षा गार्ड बसेका थिए। शान्ति प्रक्रियापछि उनले स्वैछिक अवकाश रोजेका थिए।