पोखरा । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आपत्कालीन ढोका एक यात्रुले खोलेपछि उडान नै उद्द भएको छ । इमर्जेन्सी ढोका खोल्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
बिहीबार बिहान ९ बजे उडान नम्बर ६५२ को जहाजले सबै यात्रु चढाई सबै ढोका बन्द गरेर उड्न तर्खर गर्दा एक यात्रुले जहाजको इमर्जेन्सी ढोका एकाएक खोलिदिएका थिए।
आपत्कालीन ढोका खोलेपछि उडान रद्द गरिएको र यात्रुहरुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए।
जहाजको १– सी–डी अर्थात् इमर्जेन्सी ढोका भएको सिटनेर बसेका भीम परियारले इमर्जेन्सी ढोका खोलिदिएका हुन् ।