शंकर प्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेस नेपाली जनताहररूको हितमा नरहेको ठकुवा गर्नुभएको छ।
२०८० पुस ३ गते मङ्गलबारका दिन रुपन्देहीको बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहररूले सोधेको जबाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

केसीले आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै नेपालमा संघीयताको विरोध गरेको बताउँदै प्रदेश नेपालमा आवश्यक नरहेको, गणतन्त्र र धर्मनितिपक्षता जोगाउनको लागि पनी खर्चिलो प्रदेसहररू भएकोले खारेज गर्नुपर्ने तर्क दिनुभएको थियो।
केसीले देशमा जात र धर्मको नाममा नेपालीहररूलार्इ साम्राज्यवादी शक्तिहरूले प्रयोग गरिरहेको बताउँदै त्यस प्रति नेपाली जनताहररू चनाखो हुनुपर्ने बताउनुभयो ।
उहाँले अहिलेका दलहररूले नेपाली जनताको काम नगरेका कारण नेपाली जनताहररूमा राजनीतिक दलहररूप्रति विश्वास गुमेको बताउँदै देश बिग्रनुमा दलहररू मात्र होइन तिनै दलहलार्र्इ बारम्बार सत्तामा पुर्याउने जनता पनि उत्तिकै जिम्मेबार रहेको बताउँनुभयो ।

देशमा धेरै खामपन्थी भएको कारण तत्काल वामपन्थी एकता असम्भव रहेको केसीको तर्क थियो।
पाँच दलिय गठबन्धन संविधान जोगाउनको लागि गरिएको बताउँदैँ यो गठबन्धनको सरकारले पनि जनताको काम नगरेको केसिको भनाई थियो।
पाँच दलिय गठबन्धन टिक्छ त भन्ने पत्रकारको प्रश्नमा राजनीति ईमानदारिता नभएका कारण जेपनी हुनसक्ने बताउनु भयो ।
केसीले भारतमा मोदि सरकारले लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाउँदै एकैदिन ९२ जना संसदलार्इ बर्खास्त गरेकोमा विरोध गर्नुभयो।

कार्यक्रम रिपोर्ट क्लब अध्यक्ष रामकुमारक्षेत्रीले सञ्चालन भएको थियो।कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टानबहादुर केसी र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोख्रेल लगायत अन्य पत्रकारहररूको पनि उपस्थिति रहेको थियो।