तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ को मधवागाउँमा राष्ट्रिय जनमोर्चाको दोस्रो गाउँभेला सम्पन्न भएको छ ।
राजमो जिल्ला सचिव केरसिंह अदैको उपस्थितिमा २०८० पुस २ गते सोमबार सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै सचिव अदैले राष्ट्रियताा, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको बारेमा प्रकाश पार्नुभएको थियो ।
भेलालाई जातीय समता समाजका जिल्ला अध्यक्ष दिलबहादुर विक र अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले पनि सम्बोधन गर्नु भएको थियो ।
नाथु थारूको अध्यक्षता अघि बढेको उक्त भेलाले रामप्रसाद कामी अध्यक्ष रहनुभएको राजमे मधवा गाउँ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष पद्माराम माया विक, सचिवमामा सिद्धिमान केसी, सहसचिवमा फुर्स विक र कोषाध्यक्षमा नाथुराम थारू रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा मङ्गले सुनार, भलु गोतामे, खड्के विक, तके विक, दुजबहादुर विक र इमा सुनार रहनुभएको छ ।
एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा हरिराम थारू र सूर्यबहादुर सुनार तथा सल्लाहकारहरूमा मोहन विक, छन्दबहादुर केसी, दिलबहादुर विक र शिवलाल सुनार रहनु भएको छ ।
भेलापछि बसेको बैठकले गाउँभरि राजमोको सदस्यता वितरण गर्ने, माघमा बैठक पुन: बस्ने, सुकुम्बासी समस्या समाधान गर्न पहलकदमी गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
भेलाको सञ्चालन मोहन विकले र स्वागत शिवलाल सुनारले गर्नुभएको थियो ।