काठमाडौँ । गीतकार तथा कवि आविष्कार कलाको शब्द रहेको “अरुण तमोर” बोलको भिडियोगीत सार्वजनिक भएको छ ।
मुकुम्लुङ (Mukumlung) युट्युब च्यानलमार्फत २०८० मङ्सिर ३० गते शनिबार भिडियोगीत सार्वजनिक भएको हो ।
आविष्कारले ल्याएको गीतमा देशप्रति औधि माया झल्केको देखिन्छ । दैनिक लाखौँको सङ्ख्यामा विदेश उडिरहेको अवस्थामा युवाहरू देशमै बसेर वा एकजुट नभइकन देश विकास नहुने गीतमार्फत् सन्देश दिइएको छ ।
गीतमा भनिएको छ : ‘अरुण तमोर नमिले कोशी बन्दैन, युवाहरू नजुटे देशै बन्दैन ।’
गीतमार्फत् अनुपम देशको डाँडापाखा, पखेरा र कलासंस्कृतिको पनि गुणगान गाइएको छ । लयात्मक गीतले सुन्दर देशको विकासको मुहार फेर्नलाई कसैको गुहार नचाहिने र सबै मिली देश बनाउन सकिने बलियो सन्देश दिन खोजेको छ ।
गीतले भनेको छ :
तिनजुरे मिल्के जलजले हाम्रो गुराँसको राजधानी
गाउँघर आफ्नो बिरानो बनाई विदेशमा जवानी
फर्क हे भाई देउराली सम्झी हिमाली पाखामा
बसेर गाउला दु:ख बिसाउँला हाक्पारे भाकामा
फर्कनैपर्छ मातृभूमिको फेर्नलाई मुहार
श्रम र सिप धन र बल चाहिदैन गुहार
उचोमा उचो हिमाल हाम्रो चुली हो संसारको
विकास गरौँ मुहार फेरौँ प्रकृतिअनुसारको
भिडियोगीतको सङ्गीत धनु ज्ञामीमगरले भरेको छन् भने मनोनसाङसोङ राईले गीतमा स्वर भरेका छन् । कोरसतर्फ मोनिका राई र अतित थेबेको प्रस्तुत रहेको छ ।