• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा


  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित
  • रामपुर (पाल्पा) । कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ ।

    Advertisement

    पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ । भुलादीखोलाको किनारमा करिब एक दर्जन बढी गुफा रहेका छन् । यसमध्ये यहाँ दुई गुफा ठूलो ओढार आकारमा छन् । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवान्का आकृतिलगायत आश्चर्यजनक चित्र छन् ।

    गुफासम्म पुग्ने पैदलमार्ग, पैदलमार्ग छेउमा फलामको बारबन्देज, भुलादीखोलामा झोलुङ्गे पुल, गुफाको बाहिरी भागमा ढोका, गुफाभित्र बिजुली बत्तीलगायतका पूर्वाधार निर्माणकार्य गरिएको रामपुर–४ का वडाध्यक्ष रामबहादुर रानाले बताउनुभयो ।

    ‘पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा आन्तरिक पर्यटक मात्र नभई बाहिरी पर्यटक भित्रिनेछन्, उहाँले भन्नुभयो, ‘भौगोलिक हिसाबले प्राकृतिकरूपमा अवलोकनयोग्य ठाउँ रहेको हुँदा गुफालाई व्यवस्थित गर्दै पर्यटन विकासका कार्यमा हामी अग्रसर भएर काम गरिरहेका छौँ ।’

    रामपुर नगरपालिकाले गुफा व्यवस्थित गर्दै माथिल्लो गुफामा पूर्णकदको रामको मूर्ति निर्माण गरेको छ । गुफामा रामको मूर्ति निर्माण गरिएपछि पर्यटकीय आकर्षण थपेको छ । गुफाभित्र पस्नेबित्तिकै भगवान् रामको मूर्तिले त्यहाँ पुग्ने जोकोही पनि तस्वीर खिचाउन, भिडियो खिच्न उत्साहित हुन्छन् । यस गुफाभित्र करिब दुई सय मानिस अट्ने क्षमता छ ।

    सोही गुफा नजिकै तल्लो भागमा रहेको गुफा करिब पाँच सय बढी मानिस अट्ने क्षमताको छ । सो गुफाभित्र पसेपछि ठूलो ओढारमा गुफा फैलिएको देखिन्छ । भगवान्का विभिन्न अनौठा प्रकृतिका चित्रले सबैलाई लोभ्याइरहेको हुन्छ । तल्लो स्थानमा रहेको गुफा तीन तला आकृतिमा रहेको छ । यहाँ रामसीता, वशिष्ठ ऋषि, लक्ष्मण, हनुमानको मूर्ति बनाएर राख्ने तयारी छ । गुफा अवलोकनमा अहिलेसम्म नि:शुल्क व्यवस्था गरिएको छ । अवलोकन गर्न जाने व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरेर जाने गरेका छन् ।

    वशिष्ठ ऋषिले तपस्या गरी बसोबास गरेको र त्रेतयुगमा भगवान् रामचन्द्र वनबास जाने क्रममा कालीगण्डकी नदीको तटमा अवस्थित रामघाटमा नुहाउने र कालीगण्डकी नदी नजिकै रहेको वशिष्ठ गुफामा तपस्या गरेर बसेको पौराणिक किंवदन्ती रहेको छ ।

    रामपुर नगरपालिका–४ र ५ को सिमानामा परेकाले दुवै वडाको पर्यटन विकासमा यस गुफाले टेवा पुर्याउनेछ । गुफालाई व्यवस्थित गर्दै यहाँ पानीपोखरी, रोपवे, घरबास (होमस्टे)लगायतका पूर्वाधार विकासका कार्य थप गर्दै जाने योजना रहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताउनुभएको छ ।

    ‘गुफामात्र नभई यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका काम गर्दै जाने योजनाअनुसार अगाडि बढेका छौँ, प्राकृतिक वातावरणमा रमाउनका लागि हिजोआज युवायुवतीको आकर्षण बढ्दै जाँदा यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्नेछ, उहाँले भन्नुभयो ।

    वडाध्यक्ष पोखरेलका अनुसार गुफानजिकै रहेको कालीगण्डकी नदीको रामघाट क्षेत्रमा तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने योजना रहेको छ । तीनमुखे पुल बनेपछि यहाँको धार्मिक क्षेत्र रामघाट, कोप्चेघाट, नदीपारि स्याङ्जाको चापाकोट नगरपालिकामा अवस्थित रामजानकी मन्दिर जोडिने भएकाले महत्त्वपूर्ण धार्मिक पर्यटनको गन्तव्यस्थल बन्ने समाजसेवी मोहन राना बताउनुहुन्छ ।

    विसं २०७५ को वैशाख तेस्रो हप्ता फेला परेको अनौठो प्रकृतिको गुफा हेर्नेको धेरै मानिसको आकर्षण बढ्यो । गुफा फेला परेपछि अवलोकन गर्न जानेको भीड बढ्न थालेपछि रामपुर नगरपालिकाले सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै गुफा बन्द गरेर राखेको थियो । विज्ञबाट अध्ययन अनुुसन्धान भएपछि गुफालाई व्यवस्थित गर्दै ढोका लगाएर राख्ने गरिएको छ । पहिला यहाँ गुफा छ भन्ने सामान्य जानकारी भए पनि ठूला खालका गुफा रहेको कसैलाई पनि जानकारी थिएन । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो ।

    कृत्रिम पूर्वाधार खडा गरी ठाउँ–ठाउँमा पर्यटन पूर्वाधारका कार्य भइरहेका छन् । अन्यत्र स्थानमा कृत्रिम ताल, गुफा निर्माण गरी पर्यटक भित्र्याउने होडबाजी चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन, आफ्नो गाउँठाउँको प्रचार–प्रसारका लागि धेरै लगानीमा पर्यटन पूर्वाधारका कार्यलाई प्राथमिकता दिन थालिएको छ । प्राकृतिकरूपमा सम्भावना बोकेका पौराणिक, ऐतिहासिक, धार्मिक क्षेत्रको विकासमा महत्व दिन सकियो भने यसबाट धेरै फाइदा लिन सकिनेछ । रामपुर नगरपालिकाको गौरवको योजनामा यस गुफालाई समेटिएको छ ।

    आइतबार, पुष ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.