काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा दाहालको तामझामका साथ विवाह भएको छ ।
Advertisement
गोकर्ण फरेस्ट रिसोर्टमा भएको वैवाहिक समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, नेता कलाकारसहित एक हजार बढीको सहभागिता रहेको बताइएको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले छोरी प्रतिभाको गोरखाका विज्ञानबाबु रेग्मीसँग धुमधामले विवाह गरेकी हुन्।
विवाहका परम्परागत धार्मिक विधिहरु सबै पूरा गरिएको थियो । बेहुलाबेहुलीको गोडा धुने तथा कन्यादान गर्नेलगायतका संस्कारहरु रीतपूर्वक गरिएको स्रोतले बताएको छ ।
नेपालको कानुन अनुसार वैवाहिक समारोहमा ५१ जनालाई मात्र सहभागी गराउन सकिने व्यवस्था छ । तर आफूलाई सर्वहारा वर्गको प्रतिनिधि भन्ने प्रधानमन्त्रीले नै कानूनविपरीत नातिनीको भड्किलो विवाह गराएको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत भएको छ ।