• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङमा ‘जनतासँग जनप्रतिनिधि’ अभियान : जनतासँग अन्तरक्रिया गर्दै अध्यक्ष केसी


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • बागलुङबजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीको उपस्थितिमा यतिखेर बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

    Advertisement

    २०८० मङ्सिर ३० गते शनिबारसम्म चल्ने सो अभियानको सुरुआत मङ्सिर २५ गते सोमबारदेखि भएको थियो ।

    बागलुङ नगरपालिकामा मङ्सिर २५ गते सोमबार जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै सुरु भएको सो अभियान सोही दिन काठेखोलामा गाउँपालिकामा अन्तरक्रिया तथा भेटघाट पनि गरेको थियो ।

    मङ्सिर २६ गते मङ्गलबार टोलीले काठेखालाकै धारा माध्यमिक विद्यालयमा अन्तरक्रिया गरेपछि वडा नम्बर ५ बिहुँमा पनि जनभेटघाट गरेको थियो । सोही दिन अध्यक्ष केसीसहितको टोली गल्कोट र हरिचौरका विद्यालय तथा जनतासँग अन्तरक्रिया गरेको थियो ।

    मङ्सिर २७ गते बुधबार सो टोलीले दुदिलाभाटीमा जनभेटघाट गरेको थियो । त्यसपछि टोली बरेङ गाउँपालिकामा पुगेर पालिका कार्यालय र सर्वोदय माध्यमिक विद्यालयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

    अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, स्थानीय राजनैतिक पार्टीका प्रमुख एवम प्रतिनिधि, वडा नं. २ का वडाअध्यक्ष हीराबहादुर घर्तीमगर, वडा नं. ५ का वडाअध्यक्ष अमरबहादुर शेरपुर्जा, बरेङ गाउँपलिकाका प्रवक्ता तुफान पुन, नेकपा (एमाले) बागलुङका सदस्य धनिश्वर पौडेल, नेकपा (माओवादी–केन्द्र) बरेङका अध्यक्ष सन्तबहादुर श्रीस, अखिल नेपाल युवक सङ्घ बरेङका प्रेमबहादुर थापा, सदस्य नारायण पौडेललगायतले अध्यक्ष केसीसँग विकास निर्माणबारे जिज्ञासा राख्नुभएको थियो ।

    सो क्रममा उहाँहरूले सङ्घबाट विनियोजन हुने योजना कोठे बैठकबाट चुहावट भई स्थानीय सरकारलाई थाहा नै नदिई निर्माण समिति बनाउने गरेको विषय, युवाको विदेश पलायन, स्थानीय कृषि उत्पादनमा कृषकले पाउने अनुदान शत्प्रतिशत नि:शुल्क गरिनुपर्ने र कृषकद्वारा उत्पादित खाद्यवस्तुको बजारीकरणलगायतका विषय उठाउनुभएको थियो ।

    पालिका अध्यक्ष कृष्णप्रसाद शर्माले शिक्षा, स्वास्थ, खानेपानीलगायत अन्य सङ्घबाट अनुदानमा निर्माण सुरु गरिएका योजना बरेङमा अलपत्र अवस्थामा रहेको जानकारी गराउँदै ती योजनालाई यथाशीघ्र सम्पन्न गराउन अध्यक्ष केसीको ध्यानाकर्षण गराउनुभएको थियो ।

    छलफलमा उठेका विषयबारे धारणा राख्दै अध्यक्ष केसीले कतिपय नेताहरूले बेइमानी तरिकाले योजना आफ्नो पोल्टामा पार्ने, सरकारको पहुँचमा योजना चुवाहट गरी मैले योजना पारेको हुँ भन्दै नागरिकलाई भ्रम सृजना गरी नागरिकलाई थाङ्नोमा सुताउने कार्य गरेकोमा आपत्ति प्रकट गर्नुभयो ।

    विकास निर्माणमा प्रतिनिधिसभामा आफूले आवाज उठाएर गरिएका विकासको काममा अरूले भाषणमा मैले गरेको हुँ भन्ने नेतासित नागरिकलाईक सचेत रहन आग्रह गर्दै उहाँले अर्काको काँधमा बन्दुक राखेर पड्काउँदै कुनै नेताहरू बागलुङको विकासबारेमा चर्का तर खोक्रा भाषण नदिन पनि नेतालाई सचेत बनाउनुभयो ।

    उहाँले सङ्घ र प्रदेशबाट स्थानीय निकायमा आउने योजना स्थानीय सरकारले आवश्यकताअनुसार ठाउँको छनोट गरी आवश्यक मापदण्ड पूरा गरी माग गरेमा त्यस्ता योजनाका लागि आफू केन्द्र सरकारसँग जुनसुकै समयमा पनि माग गर्न पछि नपर्ने बताउनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष दिलिपकुमार पुनको स्वागत र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सो कार्यक्रम सम्पन्न गरेपछि टोली बास बस्न जैमिनी नगरपालिकाको कुश्मिशेरा पुगेको थियो ।

    मङ्सिर २८ गते बिहीबार टोलीले जैमिनी–९ र १० राङखानी र पैयुँथन्थापको माझमा पर्ने देउरालीमा जनतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

    दिउसो जैमिनी नगरपालिकाको कार्यालय जैमिनीमा जनप्रतिनिधिको माझमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । नगरप्रमुख नरबहादुर पुनको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा नगरउपप्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल, वडाअध्यलगायतले आआफ्ना जिज्ञासा राख्नुभएको थियो । जिज्ञासाको उत्तर अध्यक्ष केसीले दिनुभएको थियो ।

    उक्त कार्यक्रमको समापनपछि टोलीले शान्ति माध्यमिक विद्यालयमा पनि पुगेर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

    साँझ टोली कुश्मिशेरामा पुगेर बास बसेको थियो ।

    मङ्सिर २९ गते शुक्रबार उक्त टोलीले जैमिनीको वडा नम्बर ८ छिस्तीमा वडा कार्यलयमा जनप्रतिनिधि र जनतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

    एवम् प्रकारले टोलीले आजै वडा नम्बर ७ को जैदीमा जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयमा सम्पन्न यी दुवै स्थानका कार्यक्रममा उठेका जिज्ञासाको जवाफ अध्यक्ष केसीले दिनुभएको थियो ।

    यो समाचार तयार पार्दासम्म उक्त टोली जैदीको कार्यक्रम सकेर जैमिनीकै वडा नं. ६ अर्जेवा प्रस्थान गरेको छ ।

    राजमो नेता तथा अध्यक्ष केसीका स्वकीय सचिव कृष्ण अधिकारीका अनुसार टोलीले आजै अर्जेवाका साथै वडा नम्बर ४ बिनामारे र वडा नम्बर ५ सर्कुवाका वडा कार्यालयमा जनप्रतिनिधि तथा जनतासँग जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने छ । त्यसपछि टोली बास बस्न कुश्मिशेरा नै पुग्ने छ ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.