खलङ्गा (प्युठान) । प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मल्लरानी गाउँपालिकाका व वडा नं.–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको छ ।
Advertisement
आज २०८० मङ्सिर २८ गते बिहीबार बिहान ११:२० बजे लु३ च६८७४ नं. को स्कार्पियोले अगाडि बाटोमा हिँडेका नेपालीलाई टक्कर दिँदा उनको मृत्यु भएको हो ।
प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।