• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महिलालाई बोल्ने कला सिकाउँदै पालिका


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • फिक्कल । इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो ।

    Advertisement

    श्रीयम मिडिया प्रालिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं १ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो । तीनदिने तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिनुभयो ।

    गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले महिलालाई घरको काममा मात्र नभई समाजको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याउन पालिकाले प्रयास गरिरहेको बताउनुभयो । “जबसम्म महिला घरभित्रै सीमित हुन्छन् तबसम्म समाजमा कुनै परिवर्तन आउँदैन”, उहाँले भन्नुभयो, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो । महिलाले आरक्षण सिटको मात्र भर नपरी हामी पनि पुरुष सरह सबै क्षेत्रमा काम गर्न सक्षम छौँ भन्ने भावना जागृत गर्न तालिमले सघाउँछ ।”

    कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताउनुभयो । “चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन र समाधान गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “महिला आफ्ना र समाजका समस्या समाधानका उपाय खोज्न तत्पर हुनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।”

    वडासदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाउनुभयो । अर्का वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘

    तालिममा सहभागी ७८ वर्षीया रुक्मिणा न्यौपानले जीवनमा पहिलोपटक माइक छुन पाएकामा खुसी व्यक्त गर्नुभयो । “उहिले हाम्रा पालमा न तालिम न नेतृत्व”, उहाँले भन्नुभयो, “अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौंला र, नयाँ पुस्ताले भने यो अवसर सदुपयोग गर्नुपर्छ ।”

    उनान्चास जनाको सहभागिता रहेको सो तालिममा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, सदस्य मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको थियो ।

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.