• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अमरेशकुमारले प्रचण्डपुत्रीमाथि लगाएको आरोपले बालुवाटारमा खैलाबैला !


  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
  • काठमाडौं । सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री एवम् उनकी स्वकीय सचिव गंगा दाहालले विभिन्न व्यवसायीसँग मोलमोलाई गर्ने गरेको आरोप लगाएपछि प्रधानमन्त्रीको सचिवालयमा खैलाबैला मच्चिएको छ ।

    Advertisement

    प्रचण्डको सचिवालयबाट अमरेशलाई ‘नाङ्गेझार पार्ने’ भन्दै धम्की दिइएको छ भने आफ्ना सुरक्षागार्डसमेत फिर्ता लगिएको सांसद सिंहले बताएका छ ।

    सर्लाहीबाट निर्वाचित सांसद सिंहले गंगा दाहालमाथि विभिन्न व्यापारीसँग रकम बुझ्ने गरेको आरोप सामाजिक सञ्जालमार्फत् लगाएपछि उनीसँग बालुवाटार बिच्किएको हो ।

    सिंहले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहालले कुनकुन व्यापारीसँग कुनकुन मामिलामा कति रकम बुझेकी छन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ। समय आएपछि सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु।’

    सिंहले प्रचण्डपुत्रीले गरेको भ्रष्टाचारको आफूसँग प्रमाण रहेको र मिडियामा सार्वजनिक गरिदिने बहालवाला सांसदको चेतावनीले प्रधानमन्त्री प्रचण्डलाई तनाव भएको छ । सोमबार विभिन्न कार्यक्रममा उनले सांसद सिंहले लगाएका आरोपको खण्डन गर्न निकै समय खर्चिए ।

    यस्तै, उनको सचिवालयले चेतावनीसहितको खण्डन गरेको छ । प्रचण्ड सचिवालयका सदस्यहरूले आइतबार साँझ एउटै व्यहोराको लामो स्पष्टीकरण सामाजिक सञ्जालमा राखेका छन् । तिनैमध्येका एक प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लको फेसबुकमा राखिएको सन्देशमा सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र सचिवालयका विरुद्ध झुठको खेती गरेको भनिएको छ।

    ‘मा. अमरेशकुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ।’

    सांसद सिंहले एनसेलको सेयर बिक्री प्रकरणमा प्रचण्ड परिवारको पनि संलग्नता रहेको पनि आरोप लगाएका छन् । सिंहको यो आरोप र गतिविधिको कानुनअनुसार उपचार खोज्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘प्रधानमन्त्रीज्यू कोप २८ मा भाग लिन दुबईमा रहेको बेला गरिएको यो किनबेचको प्रपञ्चलाई उहाँ नेपाल आउनेबित्तिकै छानविन र कार्बाहीको प्रक्रिया अघि बढाइएको छ,’ प्रचण्ड सचिवालयको भनाइ छ, ‘छानविन समितिको अध्ययन र छानविनपछि सरकारले प्रचलित कानुनबमोजिम देशको स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिने नै छ।’

    प्रचण्ड सचिवालयले सिंहमाथि निहित स्वार्थपूर्ति नभएपछिको प्रलाप भनेको छ तर उनले कुन स्वार्थका लागि के विषयमा माग र मोलमोलाइ गरेका हुन् भनेर खुलाएको छैन।

    स्वतन्त्र सांसद सिंहले पछिल्लो समय विभिन्न भ्रष्टाचारका काण्डमा संसद भित्र र बाहिर पनि चर्को स्वरमा आवाज उठाउने गरेका छन् ।
    नक्कली शरणार्थी र सुन प्रकरणमा उनले संसदमा चर्को रूपमा आवाज उठाएका थिए।

    उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणामाथि पनि राज्यका नियुक्ति, सरुवा, बढुवा, ठेकापट्टा र राजस्वमा चलखेल गरेको, स्वदेशको पैसा विदेश लगेर थुपारेको लगायत आरोप लगाउँदै ‘गणतन्त्रकी पम्फादेवी’ भनेर टिप्पणी गरेका थिए।

    मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.