• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

थाइल्यान्ड लग्ने भन्दै नेपालीलाई म्यानमार पुर्‍याइयो, ९ महिना बन्धक बनेका आठ लाख तिरेर फर्किए


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि थाइल्यान्ड लग्ने भन्दै दुई नेपालीलाई म्यानमार पुर्याएर बन्धक बनाएको खुलेको छ । गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ पक्राउ परेसँगै दुई नेपाली म्यानमारमा बन्धक बनेको खुलेको हो ।

    Advertisement

    कबितासहितको समूहले थाइल्याँडस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा ती दुई जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोप छ।

    सो समूहले पीडितहरुलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाई दिनको १८–२० घण्टासम्म दास तुल्याई अनलाइन ठगीमा लगाई मानव बेचबिखन गरेको अनुसन्धानका क्रममा खुलेको छ।

    प्रहरीका अनुसार उनीहरुले थाइल्याण्ड स्थित कम्पनीमा अंग्रेजी टाइपिङको काममा मासिक एक हजार डलर कमाई हुने तथा खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्ने भनि प्रलोभन देखाइ पिडीतहरूलाई काठमाडौंस्थित आफ्नो घरमै बोलाई अंग्रेजीको टाइपिङ स्पिड चेक गरेको र उक्त परीक्षामा पास भएकोले पीडितहरुलाई पैसाको जोहो गर्न लगाई उनीहरुबाट जनही २ लाख ६० हजारका दरले पैसा लिई म्यान्मार पठाएको खुल्न आएको छ।

    पीडितहरूलाई थाइल्यान्ड भनि झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई फेसबुक, ह्वाटसएप, ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत अमेरिकी, युरोपियन नागरिकहरूलाई के कसरी ट्रयापमा पारी अनलाइन मार्फत बिटक्वाइन लगायतका भर्चुअल करेन्सीमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा तालीम समेत दिएको खुल्न आएको छ।

    कम्पनीले निश्चित अवधीमा अमेरीकी नागरीकलाई भर्चुअल करेन्सीमा लगानी गर्न तयार पार्नुपर्ने गरि तार्गेट तोकी सो पुरा गर्न नसकेमा कुटपिट गर्ने, इलेक्ट्रिक सक लगाउने जस्ता शारीरिक मानसिक यातना दिने गरको खुल्न आएको छ।

    कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरा समेत जडान गरी कम्पनी भन्दा बाहिर आफूखुसी जान नपाउने गरि कम्पनी भित्रै १८–२० घण्टा सम्म अनलाइन गठीको काममा लगाई साइभर स्लाभको रुपमा श्रम शोषण गर्ने गरिएको प्रहरीको भनाई छ।

    पीडितहरू म्यानमार पुगेको ९ महिनापछि नेपाल फर्कन म्यानमार स्थित कम्पनीलाई ८ लाख तिर्न बाध्य भएका थिए।

    सोमबार काठमाडौंबाट पक्राउ परेकी कबितालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान कार्य भइरहेको नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्युरोले जनाएको छ।

    घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास एवं अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.