• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

डाक्टर बन्दै विपन्न बाबुका छोरा शिवी विक


  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
  • डबल बोगटी, सिलगडी ।
    गरिबी, अभाव र विभिन्न चुनौतीका बिचमा पनि सङ्घर्ष र मिहिनेतले मानिसलाई सफलताको सिँढीसम्म पुर्‍याउँछ भन्ने उदाहरण बनेका छन्, डोटी जिल्ला केआइसिंह गाउँपालिका वडा नम्बर ४ निवासी शिवी विक ।

    Advertisement

    निरन्तर मिहिनेत गर्दै जाँदा जस्तोसुकै कठिनाइलाई पनि चिरेर अगाडि बढ्न सकिन्छ भन्ने कुराको सफल उदाहरण बनेका छन शिवी ।
    उनले २०८० सालमा चिकित्सा शिक्षा आयोगले लिएको एम.बी.बी.एस. र बी.डी.एस. छात्रवृत्ति प्रवेश परीक्षामा शत्प्रतिशत नाम निकाल्न सफल भएका छन् ।

     उनी एउटा विपन्न दलित परिवारका सदस्य हुन । एकातिर विपन्न आर्थिक अवस्था थियो भने अर्काेतर्फ उनी कक्षा ९ मा पढदै गर्दा उनकी आमा कलसी विकको दुवै मिर्गौला फेल भएर मृत्यु भयो । आमाको मृत्यु हरकसैका लागि निकै पीडादायी हुन्छ । शिवी का लागि पनि उनकी आमाको मृत्यु पीडादायी हुनुका साथै आफ्नो जीवनको सहारा गुमाएको अवस्था थियो ।

    ज्यालामजदुरी गरेर साँझबिहानको छाक टार्ने आमा नै नरहेपछि उनको जीवनमा थप चुनौती बढेर गयो । उनका बुबा जोगी लुहारले अहिले पनि गाउँमा सामान्य आरन चलाएर साँझबिहानको छाक टार्ने गरेका छन् ।

    शिवी आफ्नो सफलताको श्रेय विशेष गरी आफ्ना आमाबुबा र उनको नजिकका छिमेकी स्थानीय झिमेमालिका माविका प्राचार्य नरबहादुर कार्कीलाई दिन्छन् ।

    पुराना दिनको स्मरण गर्दै शिवी ले भने– मेरो हातमा कापिकलम थमाएर आमाबुबालाई सम्झाई बुझाई गरी विद्यालयको ढोकासम्म पुर्‍याउने कार्की सरलाई म कहिल्यै बिर्सन सक्दिनँ ।

    आफूलाई पढाउने र सहयोग गर्ने सबै गुरुप्रति आफू नतमस्तक रहेको प्रतिक्रिया दिए उनले ।

    शिवी ले कक्षा ८ सम्मको अध्ययन केआइसिंह गाउँपालिकाको वडा नम्बर ४ मा रहेको स्थानीय झिमेमालिका मावि मा गरेका थिए भने कक्षा ९ देखि एस.ई.ई. सम्मको अध्ययन सोही पालिकाको वडा नम्बर ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट गरेका थिए । कक्षा ११ र १२ मा पनि उनले काठमाडौँमा रहेको ह्वाइट हाउस कलेजको छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भई विज्ञान विषय पढेका थिए ।

    शिवी डाक्टर बन्न लागेको खबरले उनका आफन्त र उनलाई विगतमा पढाउने शिक्षकहरू निकै खुसी भएका छन ।

    झिमेमालिका माविका प्राचार्य कार्कीले आफूले पढाएको विद्यार्थीले सफलता प्राप्त गर्दा एउटा शिक्षक हुनुको नाताले अलौलिक खुसी प्राप्त भएको प्रतिक्रिया दिनुभयो ।

    शिवी का बुबा लुहारले हर्षका आँसु चुहाउँदै शिवी डाक्टर हुने खबर सुनेर निकै खुसी लागेको प्रतिक्रिया दिए ।

    उनले भने– म पनि बिरामी छु । मेरो छोरो डाक्टर भयो भने मेरो पनि उपचार गरोस् । हामी जस्तै गरिबदुखीको सेवा गरोस भन्ने मेरो चाहना छ ।

    शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.