काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १९ हजार पुगेको छ । बुधबार विहानसम्म कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १८ हजार आठ सय ८७ पुगेको छ ।
गएको चौबीस घन्टामा मात्रै २३ सय ७३ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। कोरोना भाइसका कारण सबैभन्दा बढी इटालीमा गएको २४ घन्टामा सात सय ४३ जनाको मृत्यु भएको छ।
अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। त्यहाँ ६९ हजार १ सय ७६ जना संक्रमित उपचारको क्रममा छन्।
अहिलेसम्म विश्वका १९७ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ४ लाख २२ हजार ६ सय १३ जनामा यसको संक्रमण पुष्टी भएको छ। १ लाख आठ हाजार ८ सय ७९ जना भने उपचार पछि निको भएका छन्।
गएको २४ घन्टामा स्पेनमा ६८०, अमेरिकामा २२२, स्पेनमा ६८०, इरानमा १२२, जर्मनीमा ३६, फ्रान्समा २४०, युकेमा ८७, नेदरल्याण्डमा ६३, स्वीटजरल्यान्डमा २, दक्षिण कोरियामा ९, अस्टे«लियामा ७, बेल्जियममा ३४, क्यानाडामा २, पोर्चुगलमा १०, अस्ट्रेलियामा १, स्वीडेनमा १३, ब्राजिलमा १२, इजराइलमा २, टर्कीमा ७, मलेसियामा २ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी डेनमार्कमा ८, क्रेचियामा २, आइरल्याण्डमा १, जापानमा १, इक्वेडरमा ९, पाकिस्तानमा १, पोल्याण्डमा २, थाइल्याण्डमा ३, रोमानियामा ५, साउदी अरेवियामा १, ग्रिसमा ३, डायमण्ड प्रिन्सेसमा २, इन्डोनेसियामा ६, आइसल्याण्डमा १, फिलिपिन्समा २, स्लोभानियामा १, पेरुमा २ जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन्।
त्यस्तै इजिप्टमा १, बहराइनमा १, अर्जेन्टिनामा २, मेक्सिकोमा १, इराकमा ४, अल्जेरियामा २, लिथुआनियामा १, सान मारिनोमा १, हंगेरीमा १, मोरक्कोमा १, बोस्निया हर्ज गोभिनामा २, क्यप्रुसमा २, अल्बानियामा १, ट्युनिसियामा १, बंगलादेशमा १, साइप्रसमा २, काबो वर्डेमा १ र पाराग्वेमा १ जनाले ज्यान गुमाएका छन्।
कोरोना भाइरसको उद्गम थलो चीनमा भने गएको २४ घन्टामा यसको संक्रमणबाट एकजनाले पनि ज्यान गुमाएनन्।
यी हुन् सबैभन्दा धेरै मृत्यु हुने १० देश
१) इटाली– ६,८२०
२) चीन– ३,१६०
३) स्पेन–२,८०८
४) इरान– १,९३४
५) फ्रान्स– १,१००
६) अमेरिका– ७७५
७) ब्रिटेन– ४२२
८) नेदरल्यान्ड– २७६
९) जर्मनी– १५७
१०) बेल्जियम– १२२