काठमाडौं । रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । सरकारले सोमबार ज्यान गुमाएका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले एक जना नेपाली युक्रेनी सेनाको बन्धक रहेको पनि विवरणमा उल्लेख गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकको शव नेपाल पठाउन रुसी सरकारसँग अनुरोध गरिएको र बन्दी अवस्थामा रहेका विवेक खत्रीलाई नेपाल फर्काउन कुटनीतिक पहल भइरहेको बताएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेहरूमा सन्दीप थपलिया–गोरखा, रुपक कार्की, वाणगंगा–१, कपिलवस्तु, दुवान राई–कास्की, पितम कार्की– पुलतीबजारद्द५ स्याङ्जा, राजकुमार रोका, मेलुङ–६ दोलखा, गंगाराज मोक्तान, इलाम–५, इलाम रहेको जनाइएको छ।
नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।