काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
Advertisement
दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र स्विट्जरल्यण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको हो।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जनाएका छन्।