• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्रीको युएई भ्रमण : यस्तो छ तालिका, यी हुन् सहभागी


  •   बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स प्रस्थान गरेका छन् ।

    Advertisement

    सम्मेलनका लागि प्रधानमन्त्री नेपाल वायु सेवा निगमको आरए–२२९ उडानबाट बुधबार साँझ दुबई प्रस्थान गरेका हुन् ।

    भ्रमण दलमा कोको छन् ?
    मन्त्रिपरिषद्बाट प्रधानमन्त्री र वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो सहभागी हुने सो कार्यक्रममा भ्रमण दलका अन्य सदस्यमा प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एकनारायण अर्याल, वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थसचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा।पपुलर जेन्टल, प्रोटोकल अफिसर प्रविन भट्टराई छन्।

    यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन्।

    तीन जना सरकारी सञ्चारकर्मीलाई पनि भ्रमण दलमा राखिएको छ। तिनमा नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त छन्।

    अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा राखिएका छन्। तिनमा उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तीलबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई छन्।

    यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगी(व्यवसायी पनि भ्रमण दलमा छन्।

    भ्रमण टोलीमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल, कार्यकारीणी सदस्यहरू मनोज पौडेल, रामशरण थपलिया, शैलेन्द्र गुरागाई, जुना माथेमा अमरेशचन्द्र बैदर, प्रकाश कार्की, उज्ज्वल प्रसाद कसजु, महासंघ सचिवालय प्रमुख गोकर्ण अवस्थी रहेका छन्।

    त्यस्तै डिजिटल हाउस नेपालका सीईओ सुवाश पाण्डे, बाबुल निर्माण सेवाका एमडी अहमत खान रहेका छन्।

    यस्तो छ तालिका
    भ्रमणका क्रममा प्रधानमन्त्रीले सम्मेलन आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सको राष्ट्रिय दिवसमा पनि सहभागिता जनाउने भएका छन्।

    दुबईमा उनको बास राफेल्स दुबई वाफी होटलमा हुने कार्यक्रम छ। बिहीबार बिहान पौने १० बजे उनले कोप–२८ का अध्यक्ष डा. सुल्तान विन अहमद अब जावेसँग भेटघाट गर्नेछन्।

    दिउँसो १२ बजे नेपाली राजदूतावासमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि उनी सेराटन होटलमा नेपाली समुदायको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन्।

    दुबईमा उनले त्यहाँको विशाल मस्जिद ९ग्य्राण्ड मस्क० भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ। अपरान्ह ३ बजे मस्जिद पुगेर प्रधानमन्त्रीले २० मिनेट मस्जिद भ्रमण तथा अवलोकन गर्नेछन्।

    बिहीबार साँझ उनको वास राफेल्स दुबई वाफीमा हुनेछ। साँझ ७ः३० बजे राफेल्स होटलको बालरुपमा नेपाल च्याम्बर्स अफ कमर्सको दुबई शाखाले आयोजना गरेको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्।

    शुक्रबार (१५ मंसिर) बिहान साढे ९ बजे यूएईका राष्ट्रपति मोहम्मद विन जायेद अल नाह्यानसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नेछन्। राष्ट्रपति नाह्यान र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता २० मिनेट हुने तय भएको छ।

    त्यसपछि उनले कोप–२८ सम्मेलनस्थलमा राखिएको नेपाली पेभिलियन अवलोकन गर्नेछन् भने ११ः४० मा विश्व वातावरण सम्मेलनमा सहभागी हुनेछन्। साढे १ बजे ‘ट्रान्सफर्मिङ फुड सिस्टम इन द फेस अफ क्लाइमेट चेन्ज’ कार्यक्रममा सहभागिता जनाउनेछन्।

    सम्मेलनस्थलमै उनले यूएईका उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। यी दुई भेटघाट शुक्रबार दिउँसो २ बजेको आसपास हुनेछन्।

    त्यसै दिन ४ः४० मा ‘वातावरण अनुकूलनसम्बन्धी सम्मेलन’ मा सहभागी हुने उनी साँझ ६ः४५ बजे ‘जायेद दिगोपन पुरस्कार वितरण’ कार्यक्रममा सहभागी हुने योजना बनेको छ। त्यसअघि २ः४५ मा ‘क्लाइमेट फाइनान्स’सम्बन्धी अर्को बैैठकमा पनि उनी सहभागी हुनेछन्।

    शनिबार (१६ मंसिर) मा सम्मेलनस्थलको ‘साइडलाइन’ का रूपमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको राउण्ड टेबल बैठक आयोजना गरेका छन्। सो बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने तय भइसकेको छ।

    कार्यक्रमका लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएका छन्। तर, मोदी सहभागी हुने–नहुने टुङ्गो छैन। मध्य–एसियाली मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभ बैठकमा सहभागी हुने प्रबल सम्भावना छ।

    नेपालद्वारा आयोजित राउण्ड टेबल बैठक सकिएपछि कोप–२८ अन्तर्गतकै अर्को कार्यक्रममा उनी सहभागी हुनेछन्।

    शुक्रबार साँझ ५ बजे कोप–२८ को समापन कार्यक्रम हुनेछ, जहाँ प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित हुनेछन्।

    शनिबार साँझ नै कोप–२८ को आयोजक राष्ट्र यूएईले राष्ट्रिय दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ कोप–२८ मा सहभागी प्रतिनिधिमण्डलका प्रमुखहरू उपस्थित हुनेछन्। प्रधानमन्त्री प्रचण्ड त्यसमा सहभागी हुनेछन्।

    आइतबार (१७ मंसिर) मा प्रधानमन्त्री नेपाल फर्कनेछन्। तर, नेपाल फर्कनुअघि दुई कार्यक्रम तय भएका छन्। तिनमा एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले प्रधानमन्त्री प्रचण्डसँग गर्ने भेटघाट र ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ सम्बन्धी कार्यक्रम छन्।

    ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा प्रधानमन्त्रीले सम्बोधन गर्ने योजना छ। तर, साढे १२ बजे फ्लाई दुबईको ‘एफजेट ५७५ उडान’ बाट काठमाडौँ प्रस्थान गर्ने पूर्वनिर्धारित कार्यक्रमका कारण ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा सम्बोधन गर्ने–नगर्ने टुङ्गो लागेको छैन।

     

    बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.