जनक बिसी, खलङ्गा ।
Advertisement
प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी असिमुरेमा प्रगतिशील भैलो समापन भएको छ ।
२०८० मङ्सिर १२ गते मङ्गलबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रिय जनमोर्चाका नेता गङ्गाराम बिसीले सङ्गठित शक्तिको अभावमा प्रतिक्रियावादीले जनताको दोहन गरिरहने बताउनुभयो ।
उहाँले शोषण, दमनको विरुद्धमा सङ्गठित भएर अगाडि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
कार्यक्रममा राजमो नेता शिव पन्थी, जनप्रतिनिधि खेतबहादुर राहु, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता जनक बिसी, रिखेन्द्र बिसी र राजमो नेता पुनाराम राहुले गर्नुभयको थियो ।
समापन कार्यक्रमको अध्यक्षता राजमो नेता केशव घर्तिमगरले तथा सञ्चालन कुवेर भण्डारीले गर्नुभएको थियो ।