काठमाडौं । बर्दियामा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा गेरुवा गाउँपालिका–६ बस्ने वर्ष ४० को प्रकाश खवास रहेका छन्।
खवासले गत काक्तिक २८ गते राति १० बजेको समयमा आफ्नै गोठमा नाबालिका लाई जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ।
सोबारे आज ९सोमबार० जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालित भई उनलाई नियन्त्रणमा लिएको थियो।
उनीमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।