काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेक छ।
Advertisement
इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो। बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ।
हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत बरामद भएको डीएसपी थापाले बताए। सो क्षेत्रमा थप अप्रेसन जारी छ भने केही व्यक्ति घरभित्र ढोका थुनेर बसेको अबस्थामा रहेका सशस्त्रले जनाएको छ।