काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रूपमा बढेको छ ।
Advertisement
राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।
‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकोमा कात्तिक २४ गतेदेखि मङ्सिर ३ गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ’ राष्ट्र बैङ्कले २०८० कात्तिक २४ गते शुक्रबार सूचना जारी गर्दै भनेको छ ।
वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कुल रकम राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई बुझाउनुपर्ने छ ।