भद्रपुर । झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिमरुकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् ।
Advertisement
कैदीबन्दीले दैनिक सिदाबापत रु ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो ।
कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री प्राकृतिक प्रकोप सहायता कोषमा २०८० कात्तिक २४ गते शुक्रबार रु ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरूले बताउनुभयो ।
झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् ।
त्यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ रु पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री प्राकृतिक प्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताउनुभयो । (रासस)