काठमाडौँ । जाजरकोट भूकम्पको सन्दर्भमा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिले तत्कालै राहत तथा उद्धारका लागि अपिल गरेको छ ।
Advertisement
२०८० कात्तिक १८ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै राजमोले कात्तिक १७ गते राती ११:४७ बजेको उक्त प्राकृतिक दुर्घटनाप्रति दु:ख व्यक्त गरेको हो ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति पुगेको बताउँदै वक्तव्यमा क्षतिको अझै यकिन विवरण आइनसकेको वक्तव्यमा उल्लेख छ ।
त्यस्तै, वक्तव्यमा घटनास्थलमा पुगी तत्कालै आवश्यक राहत तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन सबैसित अपिल गरिएको छ ।

