काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोट फाइनलको सेमिफाइनलमा नेपाल युएईसँग भिड्ने भएको छ ।
Advertisement
नेपाल २०८० कात्तिक १६ गते बिहीबार ओमानसँग हारेपछि समूह एको उपविजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’ को विजेता युएईसँग भेट हुने भएको हो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ओमानसँग ५ रनले हार्दै समूह उपविजेता बनेको हो ।
आजै माथिल्लो मूलपानी मैदानमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले हराउँदै युएई समूह विजेता बनेको हो ।
नेपाल र युएईबिचको सेमिफाइनल खेल शुक्रबार बिहान ११ बजेदेखि माथिल्लो मूलपानी मैदानमा हुने छ ।

