• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दोधारा-चादँनीको सीमाबस्तीमा हात्तीआतङ्क


  •   बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
  • भीमदत्तनगर । कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–३ मा रहेको सीमाबस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दसक बितिसक्यो ।

    Advertisement

    नेपाल–भारत सीमाक्षेत्रमा भूमिको रक्षाका लागि वि.सं. २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दसकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।

    ‘पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दसकभन्दा बढी समय भइसक्यो’ दोधारा–चाँदनी नगरपालिका–१ का वडाध्यक्ष हरिसिंह धनाडीले भन्नुभयो– ‘अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोज्न सकेका छैनौँ ।’

    उहाँका अनुसार पछिल्लो एक महिनामा मात्रै हात्तीले चार स्थानीयबासीका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पुर्‍याएको छ ।

    जोगबुढा नदी पारीका बडुवाल टोलमा तीन सय परिवारको बसोबास छ । यहाँ दसकौँदेखि बसोबास रहे पनि स्थानीयले जग्गाको पुर्जा नपाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउँदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् ।

    ‘यसअघि हात्तीको आक्रमणबाट स्थानीयबासीले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे’ वडाध्यक्ष धनाडीले भन्नुभयो– “वि.सं. २०२४ देखि सीमामा दु:खसुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय हो ।’

    भौगोलिक रूपले विकट रहेको उक्त बस्तीमा धान र गहुँखेतीका बेला हात्तीले क्षति गर्न थालेपछि सशस्त्र प्रहरीको पेसा क्याम्पसमेत राखिएको उहाँले बताउनुभयो ।

    ‘वडाबाट पनि हात्ती धपाउन हामीले गाउँमा टर्च, साइरन र बत्तीको व्यवस्था गरेका छौँ’ धनाडीले भन्नुभयो– ‘गाउँ पस्न पल्किसकेका हात्ती नछोड्दा रहेछन् ।’

    उहाँले भारतबाट आउने जङ्गली हात्ती नियन्त्रणका लागि सीमाक्षेत्रमा करेन्टसहितको तारजालीको सुरुआत गरिएको भन्दै त्यो पूर्ण रूपमा कार्यान्वयनमा नआएको बताउनुभयो ।

    ‘यो समयमा यहाँका टोलबासीले राति सुत्नसमेत पाउँदैनन्’ उहाँले भन्नुभयो– ‘यो समस्या समाधानका लागि प्रदेश सरकारसँग सहयोग मागेका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन् ।’

    बडुवाल टोलबाट दोधारा चादँनी नगरपालिकाको कार्यपालिकामा रहनुभएका लक्ष्मी रानाले हात्तीकै कारण राति सुत्न नपाएको धेरै समय भइसकेको बताउनुभयो ।

    ‘स्थानीयवासीले खेती त लगाउँछन् तर भिœयाउन नपाएको धेरै वर्ष भइसक्यो’ उहाँले भन्नुभयो– “जग्गाको पुर्जा नभएकाले राज्यबाट सहयोग पनि पाएका छैनन् ।’

    यहाँका तीन सय घरधुरीमध्ये १०/१२ परिवारसँग मात्रै जमिनको पुर्जा रहेको रानाले जानकारी दिनुभयो ।

    ‘अन्नबाली खानका लागि हात्ती बस्ती पुगेर क्षति पुर्‍याउन थालेको १२/१३ वर्ष नै भइसक्यो’ उहाँले भन्नुभयो– ‘एक बिगाहमा धान लाउनेले मुस्किलले दुई/तीन बोरा पाउँछन् ।’

    बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.