काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्र सङ्घले सघाउने बताउनुभएको छ ।
२०८० कात्तिक १४ गतेक मङ्गलबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्र सङ्घले भूमिका खेल्ने बताउनुभएको हो ।
नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ ।
‘नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा स्मुथ ट्रान्जिसनका लागि संयुक्त राष्ट्र सङ्घले सहयोग गर्ने छ । अहिले नेपालले अल्पविकसित मुलुकको अध्यक्षता गरिरहेकोमा अरू देशका लागि पनि नेपालले चाल्ने कदमको महŒवपूर्ण अर्थ रहन्छ’ उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा नेपालको शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्नुहुँदै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महŒवपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।
त्यस्तै, जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उहाँको भनाइ थियो ।
‘जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन । संयुक्त राष्ट्र सङ्घले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौँ । राष्ट्र सङ्घ सहयोग गर्न तयार छ’ गुटेरेसले भन्नुभयो ।
राष्ट्र सङ्घ र नेपालबिच लामो समयदेखिको सम्बन्ध रहेको पनि उहाँले सो अवसरमा उल्लेख गर्नुभयो ।
अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न राष्ट्र सङ्घले सघाउने महासचिव गुटेरेसको दाबी
अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न राष्ट्र सङ्घले सघाउने महासचिव गुटेरेसको दाबी
Advertisement
तपाईको प्रतिक्रिया