भरतपुर । राष्ट्रिय जनमोर्चा चितवन र अखिल नेपाल शिक्षक सङ्घ बागलुङको आयोजनामा चितवनमा शोकसभा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ९ सरदपुरमा २०८० कात्तिक ९ गते बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
विष्णु ढुङ्गानाको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा सर्वप्रथम मृतकप्रति श्रद्धाञ्जलीस्वरूप फोटोमा माल्यार्पण गरिएको थियो ।
शोकसभामा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्री र अखिल नेपाल शिक्षक सङ्घ बागलुङका सचिव चन्द्रकान्त आचार्यले शोकमन्तव्य राख्नुभएको थियो ।
राजमो बागलुङकी जिल्ला सदस्य विष्णु कँडेल (बस्नेत) की सासूआमा तथा राजमो शुभचिन्तक प्रेमबहादुर कँडेल, टीकाराम कँडेल र अनन्त कँडेलकी ७९ वर्षीय आमा वर्षीय तुलसी कँडेलको यही कात्तिक ५ गते निधन भएपछि मृत्यु भएको पाँचौँ दिन सो कार्यक्रमको आयोजना गरिएको थियो ।
बागलुङ, ताराखोला गाउँपालिका वडा नं. १ साविक अमरभूमि गाविस–९ बाट चितवन बसाइँ सर्नुभएकी कँडेलको उक्त कार्यक्रममा राजमो र विभिन्न जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरूले फूलमाला अर्पण गरी श्रद्धाञ्जली दिनुभएको थियोे ।

