भरतपुर । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।
Advertisement
बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी वि.सं. २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । (रासस)