• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

बडादसैँ बेलाको त्यो यात्रा


  •   मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
  • चन्द्रा थापा ##

    Advertisement

    जब यसपटकको बडादसैँमा घर जाने सल्लाह हुन थाल्यो, ममा हुटहुटी बढ्दै थियो। म धेरै खुसी थिएँ भने कतै दुखी पनि थिएँ । सायद घरमा दुई जना (पति र कान्छो छोरा) लाई दसैँको बेला छोडर जानुपर्ने भएकाले होला । फेरि पनि खुसी किन थिएँ भने म चार वर्षपछि घर जाँदै थिएँ । घर सुगरको बिरामी सासू, माइतमा ७५ र ७० वर्ष पुग्नुभएका वृद्ध बाबाआमा अनि १५ वर्षपछि भारतबाट आउनुभएका कान्छो दाजु । नेपालमै रहनुभएका ठुलो दाजुसित पनि भेट्न पाइने । हामी घरपरिवारका सबै जना दसैँमा एक ठाउँमा नभएको कैयौँ वर्ष भइसकेको थियो । त्यसैले म खुसी थिएँ ।

    २०८० कात्तिक ३ गतेका दिन घर जान बिहानै ४ बजे उठेर पति प्रकाश थापामगर, ठुलो छोरा सङ्गिन र म घरदेखि काठमाडौँको गोङ्गबु बसपार्क पुगेका थियौँ । त्यहाँ पुग्दा धेरै मान्छे जम्मा भइसकेका थिए । हामी हाइस पाउने ल्होत्से मलको ग्राउन्ड फ्लोरतर्फ लाग्यौँ किनकि हामीलाई छिटो जानु थियो । त्यसका लागि हाइस नै सही विकल्प थियो ।

    मेरो जीवनसाथी जब टिकट काट्न काउन्टरतिर जानुभयो, काउन्टर बन्द छ भनियो । ‘आफै गाडी खोज्नुहोस् र जानुहोस्’ भनियो । उहाँले धेरै दौडधुप गर्नुभयो गाडी खोज्न तर कतै पनि हाइसमा सिट पाइएन । सबै हाइसले मनपरी यात्रु चढाइरहेका थिए । जसले धेरै पैसा दिन सक्छ, त्यसलाई नै हाइसले चढाएको जस्तो देखिन्थ्यो । हामी धेरै भौतारियौँ तर पनि सिट पाउन सकेनौँ ।

    यताउता हेर्दा एकदुई जना त्यहाँका कर्मचारी जस्ता देखिनेहरू हातमा डिजिटल मेसिन, बिलबुक लिएका र आइकार्ड लगाएका देखिन्थे । उनीहरूलाई सोध्यौँ– ‘दुईओटा सिट पाइदैन ?’ उनीहरू भन्थे– ‘जे पाइन्छ, त्यसैमा जानुस् ।’ त्यहाँ कसैलाई कसैको मतलब थिएन । जति पनि हाइस आउँथ्यो, पहिले नै बुक भएर आउँथ्यो ।

    करिब दुई घण्टापछि एउटा हाइसको परिचालकले स्टाफ नभएको काउन्टरनेर आएर भने– ‘पोखरा जाने दुई जना छैन ?’ हामीले ‘हामी छौँ’ भन्यौँ तर जाने त धेरै थिए । गाडी नपाएर अलपत्र अवस्थामा थिए उनीहरू सबै ।

    ती परिचालकको पछि लागेर हामी हाइसभित्र गयौँ । हाइस यात्रुले भरिएको थियो । ‘यही बस्नुस्’ भनेर एउटा काठको फल्याक दिइयो । मलाई पछाडि बिचको गल्लीमा राखियो । छोरालाई पछाडिको सिट मिलेको थियो । त्यसमाथि बान्ता हुनाले समस्या । पछाडि अडेस लगाउने ठाउँ थिएन, न त अगाडि अडेस लगाउने ठाउँ । ठुलो छोरा सङ्गिनले ढाडमा ब्याग अनि दुईओटा हातले पछाडि सिटबाट अडेस लाग्ने बनाइदिएपछि मलाई अलि सजिलो भएको थियो ।

    कलङ्की पुगेपछि जामले दुःख दियो । थानकोटसम्मको जाम थियो । बल्ल बल्ल जाम सकेर गाडी अगाडि बढ्यो । अहिले नै परिचालकले भाडा उठाउन सुरु गरे । कति हो भनेर सोध्दा उनले भने– ‘पोखरासम्मको एक हजार मान्छेको, लगेजको १५ सय गरेर दुई हजार पाँच सय दिनुस् ।’

    मान्छेको भन्दा लगेजको भाडा बढी किन भनेर प्रश्न गरे कतिपय यात्रुले । उनले भने– ‘हाम्रो नियम हो, यत्ति नै ।’ सबै दङ्ग परे ।
    कसैले भने– ‘वर्षभरि कमाएको पैसा त भाडा र खानामा नै जाने भयो । जाँदाआउँदा नै सकिने भयो ।’

    एउटा यात्रुले भने– ‘दसैँमा टीका लगाएको पैसाले त फर्कनुपर्ला । नत्र काम पाए केही दिन काम गरेर पैसा कमाएपछि फर्कनुपर्ला ।’
    मेरो वरिपरि दाजुहरू हुनुहुन्थ्यो । उहाँहरू सबै विदेशबाट आउनुभएको रहेछ । उहाँहरूले भन्न थाल्नुभयो– ‘यस्तो महङ्गी । कसरी हो विदेशमा दुःख गरेर कमाएको पैसाले पुग्ने ? घर जान नपाउँदै पैसा सकिने भयो ।’

    उहाँहरूले परिचालकलाई सोध्नुभयो– ‘हामी तीन जनताको कति पैसा हो, पोखराको ?’

    परिचालकले भने– ‘सात हजार ।’

    उहाँहरूले पैसा झिकेर दिँदै भन्नुभयो– ‘ल खा भाइ ।’

    हाइस अगाडि बढ्दै थियो । मलाई भने बान्ता हुने स्थिति आइपरेको थियो ।

    केही पर पुगेपछि हाइस रोकियो । परिचालक चिच्याए– ‘खाजा खान झर्नू ।’ हामी पनि झर्यौं ।

    हामी आमाछोराले आलुको तरकारी र दुईओटा अन्डा माग्यौँ । कति पैसा भयो भनेको तीन सय रुपियाँ भनियो, दुईओटा अन्डा र चारओटा आलुको । फेरि पनि ठिकै छ भन्दै खायौँ ।

    त्यत्तिकैमा फोन आयो । फोन देवर बाबुहरूको रहेछ ।

    ‘भाउजू, हामी दुई भाइ बाइक लिएर आउँदै छौँ । हजुरहरू आउँदै गर्नुहोला । हामीले जहाँ भेट्छौँ, त्यहीँबाट तपाईंहरूलाई उठाउँछौँ’ हामीलाई लिन आउनुभएका साहिलो देवर निम श्रीस र कान्छो देवर हरि श्रीसको भनाइ थियो ।

    नभन्दै गुल्मीको कालिगण्डकी पुर्तिघाटबाट हामीलाई लिन बाइकबाट पोखरा हुँदै दमौलीसम्म आइपुग्नुभएको थियो । साँझ ४ बजेतिर हामी दमौलीमा भेट भयौँ । त्यहाँ केही खाजा खाएर अगाडि बढ्यौँ ।

    दमौलीदेखि अगाडिको बाटो यस्तो थियो, बाइकमा चढेका हामीलाई पूरै धुलोले ढाकेको थियो । मान्छे, गाडी केही पनि देखिँदैनथ्यो । 

    केन्द्रीय सरकारले स्थानीय तहसम्म हेर्न गा¥हो भयो भनेर सङ्घीयता लागु गरेको भनिन्थ्यो, फेरि पनि सडकको हालत झन् झन् बिग्रेको जस्तो लाग्यो । पोखरा–मुग्लिङ सडकको हालत त त्यस्तो थियो भने स्थानीय तहको बाटो कस्तो होला ? नेपालमा सङ्घीय शासनले देशको ढुकुटी रित्याउने काम भइरहेको देख्दा दुःख लाग्यो ।

    यत्तिकैमा पोखरा आयो । त्यहाँसम्म पुग्दा साँझ भइसकेको थियो । रातको बेला थियो । बाइकको उज्यालोको सहारामा हिँड्नुपर्ने भयो । बाइक स्पिडमा हाँक्दा बाटो नदेखिने ।

    हामी पोखरा आउँदा दसैँका लागि ठुलो सङ्ख्यामा भेडा, च्याङ्ग्रा ल्याएको देखिन्थ्यो । मुस्ताङतिरबाट ल्याएको भन्थे । त्यहाँ दसपन्ध्र हजारजति भेडा, च्याङ्ग्रा थिए होलान् । यत्तिकैमा एउटा बाइकले हाम्रो बाइकलाई छोएर गयो । हामी लड्यौँ तर त्यस्तो चोटपटक लागेन ।

    अँध्यारो बढ्दै थियो । बाइक आफ्नै गतिले अगाडि बढिरहेको थियो । लुम्लेनजिकै आइपुग्दा पानी पर्यो । ठुलै पानी आउँछ कि भनी हामी डरायौँ तर त्यहाँ सधैँजसो कुहिरो लाग्ने र पानी पर्ने गर्दो रहेछ ।

    लुम्लेदेखि पर्वत हुँदै बागलुङ तर्दा तीनओटा फलामका ससाना पुल रहेछन् । मुस्किलले तर्न सकिने । धेरै कष्ट पर्यो । फेरि पनि मेरा देवर बाबुहरूले हिम्मतका साथ अँध्यारो छिचोल्दै जानुभयो । आखिर राती ९ बजेतिर हामी पुर्तिघाट बजार आइपुग्यौँ ।

    बाइकमा हिँड्दा हल्काफुल्का चोट लागेको थियो । मलाई त्यहाँबाट पनि माइत पनि पुग्नु थियो । दाजुहरूले फोन गरेर चाँडै आउन भनिरहनुभएको थियो । थकाइले मेरो स्वास्थ्य पनि ठिक थिएन ।

    जीवनमा धेरै हिँडियो । कैयौँ दिनसम्म दिनदिनैजसो १८–२० घण्टासम्म पैदल हिँडियो तर अहिले जस्तो दुःख पाइएको थिएन । हुन त यतिखेर मैले हाइस र बाइकमा यात्रा गरेको थिएँ तर यो यात्रा पैदलयात्राभन्दा कैयौँ गुणा कष्टकर थियो ।

    सरकारले नेपालमा सडक यातायातको यस्तो अवस्थाबारे कहिले सोच्ला ? अझै बडादसैँको बेला यात्रुका लागि विशेष व्यवस्था गर्नेतर्फ सरकार र यातायात व्यवसायीको ध्यान कहिले जाला ?

    मङ्गलबार, कार्तिक ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.