• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

“सयपत्री फुल्दा” गीतको समीक्षा


  •   सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
  • मुकुन्दप्रसाद शर्मा ##

    Advertisement

    १. परिचय

    “सयपत्री फुल्दा गीतका रचनाकार गिरिप्रसाद बुढा हुन् । शब्दचयन गिरिप्रसाद बुढाले गरेका छन् भने गिरिप्रसाद बुढा र हेमराज आश्रमले सङ्गीत दिएका छन् । प्रस्तुत गीतको स्वर भर्ने काम मञ्जु परियारले गरेकी छिन् । सङ्गीतको संयोजन हेमराज आश्रमले गरेको देखिन्छ ।

    गीतकार गिरिप्रसाद बुढाको जन्म वि.सं. २०३४ साल असार महिनामा भुमे गाउँपालिका वडा नं ७ गुनाम रुकुमपूर्वमा भएको हो । हाल बुढा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ५ को बागबजारमा बस्छन् । बुबा हस्तबहादुर बुढा र आमा हरिकला बुढाको कोखबाट जन्मिएका बुढाकी जीवनसाथी आशा बुढा हुन् । उपमा बुढा, समष्टी बुढा र सहिसलामत बुढा उनका छोराछोरी हुन् ।

    सानै उमेरदेखि राजनीतिमा सक्रिय बुढा सामाजिक सेवामा पनि समर्पित छन् । साहित्यमार्फत सर्वहारा वर्गको पक्षमा कलम चलाउने वर्गसङ्घर्षको एक जानकारको रूपमा प्रगतिशील लेखकको रूपमा चीरपरिचित पनि छन् ।

    विभिन्न छन्दमा कविता लेख्न बुढा खप्पिस नै छन् । कुलीन घरपरिवारका सदस्यले मात्रै छन्दमा कविता लेख्छन् भन्ने परम्परालाई तोडेर उनले छन्दमा एक प्रकारको रेकर्ड नै कायम गरेका छन् ।

    साहित्यिक मार्गमार्फत समाजलाई विवेक र चेतनाको सही मार्गमा हिँडाउन सकिन्छ भन्ने प्रगतिवादी दृष्टिकोण बुढाको रहेको देखिन्छ । प्रस्तुत “सयपत्री फुल्दा” गीत पनि प्रगतिवादी मूल्य र मान्यतामा नै केन्द्रित छ ।

    वि.सं. २०७२ सालमा प्रकाशित “बिग्रेको हर्के” एक द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित लोकप्रिय खण्डकाव्य हो । राप्ती साहित्य परिषद््को आजीवन सदस्य, प्रगतिशील लेखक सङ्घ (प्रलेस) रुकुम शाखाका सचिव, प्रलेस कर्णाली प्रदेशका अध्यक्षसमेत भएर काम गरिसकेका गिरिप्रसाद बुढा प्रलेसका केन्द्रीय सचिव भएर हाल काम गरिरहेको देखिन्छ ।

    यसका साथै राप्ती साहित्य परिषद् रुकुम शाखाका अध्यक्षसमेत भएर काम गरिसकेका बुढा जिल्ला विकास समिति रुकुमबाट पुरस्कृत हुनुको साथै २०७४ सालको डोमादेवी साहित्यिक पुरस्कारबाट समेत सम्मानित भएका छन् ।

    हाल बुढा रक्तिम सांस्कृतिक अभियानमा आबद्ध रहेर कविताकै एक अभिन्न रूप गीतसङ्गीततर्फ पनि चासो राखेर गीतको रचना गर्न थालेको देखिन्छ । “सयपत्री फुल्दा” यसकै एक दृष्टान्त हो ।

    २. प्रमुख प्रवृत्ति/विशेषता

    प्रगतिशील भावलाई व्यक्त गर्ने बुढा एक वैचारिक एवम प्रगतिवादी लेखक तथा गीतकार पनि हुन् । बुढाका गीतमा द्वन्द्वात्मक भौतिकवादको राम्रो प्रयोग भएको देखिन्छ अर्थात् उनी द्वन्द्वात्मक भौतिकवादी दर्शनबाट प्रभावित नै छन् । उनी एक संस्कृतिकर्मी पनि हुन् । “सयपत्री फुल्दा” गीतमा असल संस्कृतिको पक्षपोषण गरेर समाजको यथार्थलाई उक्त गीतमार्फत व्यक्त गरेको देखिन्छ ।

    देशभक्ति, राष्ट्रियता र मानवताको पक्षमा सम्झौता गर्न नचाहने लेखक बुढा जनमनसँग र जनताको ममतासँग बढी साक्षात्कार गर्न चाहान्छन् । विवेक र चेतनाको मार्ग देखाउनेहरूले समाजमा बढी दु:ख पाएकोप्रति आक्रोशित भावमा चिन्तासमेत जाहेर गर्दछन् ।

    सामाजिक रूपान्तरण र परिवर्तनको पक्षमा खुसी व्यक्त गर्दै कुसंस्कार, कुप्रवृत्ति, राजनैतिक अपराधीकरण, कानुनको मौनता, खराब संस्कृतिको खुलेर विरोध तथा सांस्कृतिक रूपान्तरणको पक्षपोषणमा खरो उत्रने बुढाले समाजका विकृति र विसङ्गतिलाई जस्ताको तस्तै दुरुस्त रूपमा देखाउने काम गरेका छन् । सामाजिक सद्भाव, क्रान्तिकारी दृष्टिकोण, आफ्नो आस्थाप्रति विश्वास गर्ने र आस्था डगमगाए सङ्घर्षलाई अन्तिम विकल्पसमेत ठान्ने विचारक हुन् । विचारमा प्रतिबद्ध वैचारिक अभियन्ता र सामाजिक विषयवस्तुलाई मूल आधार ठान्ने व्यक्तित्वका रूपमा गिरिप्रसाद बुढाको साहित्यिक लेखन केन्द्रित देखिन्छ ।

    ३. विषयवस्तु

    प्रस्तुत गीतको विषयवस्तु बर्सेनि आउने हिन्दुहरूको एक सांस्कृतिक पर्व भाइटीकाको सन्दर्भमा केन्द्रित छ । भाइटीकाको समयमा प्रत्येक नेपालीको आँगनमा सयपत्री तथा मखमली पूmल फुलिरहेको एकातिर छ भने अर्काेतिर, परदेसिएको प्रिय भाइ स्वदेशमा नफर्कंदा दिदीबहिनीहरू धर्केर, एकोहोरिएर रोइरहेको पीडायुक्त भावलाई मूल विषयवस्तु बनाइएको छ । यसपालिको भाइटीकामा भाइ फर्केर नआएपछि प्रतिनिधि दिदीबहिनीको आशासमेत निराशामा परिणत भएको छ । भाइटीका अर्थात् दिपावलीको समयमा आँगनमा भैलेरीहरू आएर मिठा मिठा गीत गाएर समाजमा उमङ्ग छाएका बखत् भाइकै याद आएको वास्तविक विषयवस्तु छ भने तिहारको बेला भाइको यादले प्रत्येक दिदिबहिनीको मनमा प्रकृतिमा तुँवालो लागे जस्तै भएको सत्य र तथ्यपरक विषयवस्तु केन्द्रित देखिन्छ ।

    तिहारमा अधिकांश मानिस सद्भावको खुसीमा केन्द्रित भए पनि बिदेसिएका भाइ तिहारमा नफर्किएकोमा कैयौँ दिदिबहिनी बेखुशी रहनुपरेको सांस्कृतिक तथ्य, जो त्यति बाहिर आएको हुँदैन, त्यही लुप्त विषयवस्तुलाई यस गीतमा मूल विषयवस्तु बनाइएको छ ।

    गीतको अन्त्यतिर देशमा पटक पटकको सामन्त र दलालको शासन व्यवस्था रहेका कारण र यिनिहरूकै कुशासनले देश कङ्गाल भएर हर क्षेत्र नाङ्गिएको सामाजिक यथार्थलाई विषयवस्तु बनाएर कालो युगको अन्त्य गर्न परदेसिएका सम्पूर्ण जनमा देश समाल्न स्वदेशमै फर्किनुको विकल्प नभएको सारगर्भित विषयवस्तु निष्कर्षको रूपमा प्रस्तुत गरिएको छ ।

    ४. मूलभाव/उद्देश्य

    प्रस्तुत गीतमा शुभ दीपावली तथा भाइटीकामा सयपत्री तथा मखमली फूल फुलिरहेको वास्तविकता अभिव्यक्त गरिएको छ ।

    भाइटीकाको दिन परदेसिएका प्रिय भाइ नआउँदा दिदी तथा बहिनी एकोहोरिएर धर्केर अलापविलाप गरेको तथ्यपूर्ण प्रतिनिधि घटनालाई अभिव्यक्त गरिएको छ । यसपालिको भाइटीकामा अवश्य परदेसिएको भाइ नेपाल फर्किन्छ कि भनेर दिदीबहिनी आसैआसमा बसे पनि विदेशबाट नफर्किएको कटु सत्यलाई प्रस्तुत गीतमार्फत व्यक्त गएिको छ ।

    भाइटीका तथा दीपावलीमा प्रत्येक नेपालीको आँगनमा भैलीदेउसी खेल्नेहरू आउँदा तथा मिठा गीत गाएर आशिर्वाद दिन लाग्दा रमाइलो अनुभूति भए पनि परदेशमा रहेका प्रिय भाइको यादले सताइरहेको तथा मन मुटुमा तुँवालोले ढाकेको बस्ती जस्तै भएको तथ्यलाई व्यक्त गरिएको छ । बाह्य संसार खुसीले भरिपूर्ण भए पनि भित्री मन निराशा र अत्यासले भरिएको नेपालको सन्दर्भलाई भाइटीका पर्वसँग सादृश्य गर्न खोजिएको छ ।

    हिन्दुहरूको महत्त्वपूर्ण मानिने शुभ दीपावली तथा भाइटीका सांस्कृतिक पर्वमा बिदेसिएका भाइहरू स्वदेश फर्कन नसक्नुमा सामन्त र दलालको कुशासनको कारण भएको यथार्थलाइ यस गीतमार्फत व्यक्त गरिएको छ । सामन्त र दलालकै कुप्रवृतिका कारण देश कङ्गाल भई हर क्षेत्रमा निराशा उत्पन्न भएको सत्यतालाई अभिव्यक्त गरिएको छ । गीतको अन्तिम सत्य अथवा निष्कर्षमा भन्दा लथालिङ्ग भएको देशलाई सम्हालेर स्वाभिमानको काबुमा राख्न परदेसिएका सबै नेपाली स्वदेश फर्किएर कालो कुव्यवस्थाको ज्यादतिपूर्ण पर्दा च्याट्न आह्वानसमेत गरिएको छ ।

    सामन्त र दलालले बिगारेको देशलाई सुधारेर विकास र समृद्धिको बाटोमा अगाडि बढाउन बिदेसिएकाहरू स्वदेश फर्किएमा कालो युगमा बाँच्न विवश जनतालाई स्वाभिमानताको सास फेर्न र राष्ट्रप्रति गौरवको अनुभूतिहुने तथ्यलाई यस गीतमार्फत अभिव्यक्त गरिएको छ । बिदेसिन बाध्य पार्ने कालो युगको अन्त्य गर्न त्यति बेला सम्भव छ, जति बेला परदेसिएका भाइहरू स्वदेश फर्किन्छन् र दिदिबहिनीको भाइटीकाको चाहना पूरा गर्छन् भन्ने आशयलाई व्यक्त गरिएको छ ।

    ५. परिवेश

    “सयपत्री फुल्दा” गीतमा भाइटीकाको समयलाई समयगत परिवेशको रूपमा लिएर त्यति बेला फुलिरहेका सयपत्री तथा मखमली फूललाई खुसी तथा सौन्दर्यपूर्ण परिवेशको रूपमा अवलम्बन गरिएको छ । पीडा र अलापविलापमा बाँच्न विवश दिदीबहिनीको भाइटीकामा स्वदेश नफर्किएको अवस्थाको चित्रण गरेर कारुणिक परिवेशको प्रयोग गरिएको छ । प्यारो भाइ बिदेसिएको प्रतिनिधि घटनालाई नेपालीको प्रतिनिधि पात्रको रूपमा लिएर स्वदेश तथा विदेशको व्यापक घटनाक्रमलाई समेटेर गीतमा स्वाभाविक परिवेशको छनौट गरिएको छ । सामन्त र दलालको शासन व्यवस्थाले देश कङ्गाल भएको तथ्यपूर्ण परिवेश एकातिर छ भने अर्काेतिर, देशको बर्बरतापूर्ण कालो युगलाई समाप्त गर्न बिदेसिएकाहरू स्वदेश फिर्ता हुनुपर्ने सन्देशपूर्ण भावलाई समेटेर सान्दर्भिक राष्ट्रियतापूर्ण भावमा शब्दको चयन गरेर समसामयिक तथा सत्यतापूर्ण साङ्गीतिक परिवेशमा प्रस्तुत गीतको परिवेश चयन गरिएको छ ।

    ६. संरचना

    गीतको संरचना हेर्दा स्थायी र अन्तरा भागमा संरचित छ । यसलाई यसरी हेर्न सकिन्छ :

    क. स्थायी भाग : गीतको थालनीमा आउने दुई हरफलाई स्थायी भाग भनिन्छ, जसमा गीतको सिङ्गो प्रतिनिधित्व हुन्छ; जस्तै :
    सयपत्री फुल्दा मखमली फुल्दा
    यो सप्तरङ्गी भाइटीकामा…

    ख. अन्तरा भाग : गीतको मध्य भागमा आउने चार हरफको संरचनालाई अन्तरा भनिन्छ; जस्तै :
    आँगनीमा भैलेरी आउँदा
    मिठा गीत गाउँदै रमाउँदा,
    यो तिहारले भाइको याद दिलायो
    तुँवालो मनमा छायो

    ७. भाषाशैली

    प्रस्तुत गीतको भाषा शैली सरल सहज र स्वभाविक छ । भाषा शैली लयात्मक, काव्यात्मक र बोधगम्य पनि छ । भन्न खोजेको आशय स्पस्ट र सरल पनि छ । निरक्षर पाठकले समेत बुझ्न सक्ने मिठा मिठा शब्दको चयनले “सयपत्री फुल्दा” गीत झनै उत्कृष्ट बन्न पुगेको छ ।

    तत्सम र तत्भव शब्दको संयोजनले गीतलाई कालजयी बनाउने देखिन्छ । दलाल र सामन्त जस्ता शब्दको चयनले कुव्यवस्था सञ्चालन गरिरहेको शासन व्यवस्थाको कुप्रवृति र विशेषतालाई देखाएर गीतको निष्कर्ष सरल शैलीमा निकालिएको छ । प्रस्तुत गीतमा बिदेसिएका भाइहरू स्वदेशमा फर्किन आग्रह गर्नुले यसको अभिव्यक्ति पक्ष ज्यादै प्रवल र सशक्तसमेत देखिएको छ ।

    ८. निष्कर्ष

    माक्र्सवादी सौन्दर्यशास्त्रअनुसार सुन्दर र कुरूप चित्रण, वर्गीय पक्षधरता तथा सर्वहारावर्गीय मानवतावाद र क्रान्तिकारी आशावाद तथा नवनिर्माणको सङ्कल्पसमेत गरिएको छ । समाज र सामाजिक यथार्थको चित्रण गरी स्वाभिमान र गौरवका साथ स्वदेशमा नै बाच्न पाउने तथ्यलाई समेत उजागर गरिएको छ । सामन्त र दलाल शासन व्यवस्था चलाएकाहरूले लामो समय शासन सम्हाल्दा; जस्तै : राणाशासन १०४ वर्ष, राजाहरूको शासन व्यवस्था २४० वर्ष, राप्रपाको शासन व्यवस्था २२ वर्ष, काङ्ग्रेसको शासन व्यवस्था २३ वबर्ष र एमालेको शासन व्यवस्था ८ वर्ष, देश लथालिङ्ग भएको तथ्यलाई बिम्बात्मक रूपमा सङ्केत गरिएको छ । जनताको स्वाभिमान र राष्ट्रियता खतरामा रहेको तथ्यलाई व्याख्या गरिएको छ । आज देश विदेशी ऋणले कङ्गाल बनिरहेको र भाइटीकामा समेत परदेसिएका भाइहरू फिर्ता नभएको तथ्य र सत्यलाई गीतमार्फत व्यक्त गरिएको छ ।

    प्रस्तुत गीतको निष्कर्षलाई यसरी हेर्न सकिन्छ :

    १. साहित्य श्रमकै सुन्दर र संश्लेषणात्मक रूप हो । साहित्यमा सामाजिक संरचना, वर्गीय स्थिति र त्यसको वस्तुगत यथार्थताको संश्लेषण गरिएको हुन्छ ।

    २. समाजका सुन्दर र कुरुप पक्षका चित्रण : समाज विकासको समग्र लडाइँ सुन्दर र कुरूपबिचको लडाइँ हो । सुखसयल र मोजमस्ती गर्नेका लागि सुन्दर व्यवस्था हो भने शोषण, दमन, उत्पीडन, विभेद, असमानता, शासक वर्गका फासिवादी चरित्र, निरङ्कुशता बिदेसिन बाध्य हुनु कुरूप पक्ष हुन् ।

    ३. वर्गीयता, मानवतावाद र स्वाभिमान तथा राष्ट्रियताको प्रश्न : स्वदेशमा रहेर भाइटीका मनाउन नपाउनु मानवताको सिधा उल्लङ्घन हो । यो बढी विपन्नतामा नै हुन्छ । बिदेसिएकालाई राष्ट्रप्रेमको पाठ पढाएर स्वाभिमान र राष्ट्रियताको पक्षमा वकालत गरिएको छ । साथै विदेशिएका भाइहरू स्वदेश नफर्किएका बेला दिदीबहिनीमार्फत चिन्ता व्यक्त गरिएको छ ।

    ४. क्रान्तिकारी आशावाद र नवनिर्माणको सङ्कल्प : वर्गीय समाजमा आशा पनि वर्गीय हुन्छ । सामन्त, दलाल, तानाशाह, सबै खाले शोषकमा समाज व्यावस्था र संसारलाई लुटको स्वर्ग बनाउने आशा हुन्छ । यसका विपरीत उत्पीडन र कष्टप्रद जीवन भोग्नेमा मुक्तिको आशा हुन्छ । बिदेसिएको भाइ स्वदेश फर्किएर कालो युग फाल्ने आशावादी स्वरलाई व्यक्त गर्दै राष्ट्रियताको भावले ओतप्रोत देशनिर्माण गर्ने संस्कृतिको सङ्कल्प गरिएको छ ।

    सन्दर्भ सामग्री

    १. बराल, कृष्णहरि (….). गीत सिद्धान्त र इतिहास. काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

    २. भण्डारी, पारसमणि र पौडेल, माधवप्रसाद (….). नेपाली कविता र काव्य. काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

    ३. पराजुली, ठाकुरप्रसाद (….). नेपाली साहित्यको परिक्रमा. काठमाडौँ : नेपाली विद्या प्रकाशन ।

    ४. शर्मा, मोहनराज र दयाराम श्रेष्ठ (….). नेपाली साहित्यको सङ्क्षिप्त इतिहास. ललितपुर : साझा प्रकाशन ।

    (गीत लोकार्पणको अवसरमा समालोचक शर्माद्वारा गरिएको गीत समीक्षाको पूर्ण पाठ)

    यो पनि

    रक्तिम रुकुम पश्चिमको अडियो एल्बम “सयपत्री फुल्दा” लोकार्पण (अडियोसहित)

    सोमबार, कार्तिक ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.