• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रक्तिम रुकुम पश्चिमको अडियो एल्बम “सयपत्री फुल्दा” लोकार्पण (अडियोसहित)


  •   आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
  • मुसिकोट । रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिमको व्यवस्थापन तथा राप्ती साहित्य परिषद् रुकुम पश्चिमको आयोजनामा २०८० कात्तिक ४ गते शनिबारका दिन दोस्रो कोशेली “सयपत्री फुुल्दा” अडियो एल्बम लोकार्पण भएको छ ।

    Advertisement

    मुसिकोट खलङ्गास्थित जनविकास पुस्तकालयको हलमा एक सय दसौँ रुकुम साहित्यमाला कार्यक्रमसँगै सो गीत लोकार्पण भएको हो । रक्तिमका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्य रहेको कार्यक्रमको अध्यक्षता राप्ती साहित्य परिषद्का अध्यक्ष मनलाल ओलीले गर्नुभएको थियो ।

    राष्ट्रिय गान तथा सहिदप्रति मौनधारणपश्चात सुरु भएको कार्यक्रममा प्रमुख अतिथिले गीत बजाएर अडियो एल्बम लोकार्पण गर्नुभएको थियो । मुसिकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा साहित्यकार मुकुन्दप्रसाद शर्माले सो गीतको विस्तृत समीक्षा गर्नुभएको थियो ।

    गीत समीक्षालगत्तै कार्यक्रममा उपस्थित अन्य अतिथि तथा स्रष्टाले शुभकामना मन्तव्यका साथै आफ्ना सिर्जना पनि वाचन गर्नुभएको थियो ।

    यसरी शुभकामना तथा रचना वाचन गर्नुहुने अतिथिमा मुसिकोट बहुमुखी क्याम्पसका सहप्राध्यापक हरिविष्णु ओली, कर्णाली गणतान्त्रिक साहित्य परिषद्का अध्यक्ष खेमराज खड्का, जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्मा, प्रगतिशील लेखक सङ्घ रुकुम पश्चिमका उपाध्यक्ष वीरबहादुर केसी, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सदस्य एक्कबहादुर केसी, साहित्यकार तथा लेखक सत्यनारायण श्रेष्ठ, स्रष्टा कल्पना बुढा, स्रष्टा सहनशीला केसीलगायत हुनुहुन्थ्यो ।

    रक्तिम रुकुम पश्चिमका सचिव सीता बुढाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सो कार्यक्रमको सञ्चालन रक्तिमकै कलाकार तथा राप्ती साहित्य परिषद् रुकुम पश्चिमका पूर्व सहसचिव समष्टी बुढाले गर्नुभएको थियो । एल्बममा गिरिप्रसाद बुढाको शब्द, मञ्जु परियारको स्वर तथा रक्तिमका महासचिव हेमराज आश्रम र गिरिप्रसाद बुढाकै सङ्गीत रहेको छ । गीत युनिक लिटरेचर प्रोडक्सन (यू.एल.पी.) युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    यस्तो छ गीत सयपत्री फुल्दा

    सयपत्री फुल्दा मखमली फुल्दा

    यो सप्तरङ्गी भाइटीकामा

    एकहोरो टोलाउँछु रुन्छु धर्केर

    परदेशी प्यारो भाइ आएन फर्केर

    यसपालि पनि भाइ आएन फर्केर

    आँगनीमा भैलेरी आउँदा

    मिठा गीत गाउँदै रमाउँदा

    यो तिहारले भाइको याद दिलायो

    तुँवालो मनैमा छायो

    सयपत्री …..

    सामन्त र दलालको शासन

    यिनले देश कङ्गाल पारे झन्

    परदेशी हो फर्क देश सम्हाल्न

    मिलेर कालो युग फाल्न

    सयपत्री …..

     

    आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.