राम गैरे पाल्पाली ##
Advertisement
गरिबको गीत गाउँछु भन्थ्यो मेरो मान्छे ।
दुखीको बस्ती सजाउँछु भन्थ्यो मेरो मान्छे ।१।
खै कहाँ कहाँ खोजुँ अत्तालिएको भारी मनले ।
गाउँमा उज्यालो जलाउँछु भन्थ्यो मेरो मान्छे ।२।
सुनेका कुरा निकै फरक लाग्छ किन आज ।
सम्मानता कुरा उठाउँछु भन्थ्यो मेरो मान्छे ।३।
वर्गसङ्घर्षको विश्वास हराउन थालिसक्यो ।
विभेदको पर्खाल हटाउँछु भन्थ्यो मेरो मान्छे ।४।
तिम्रो समय इतिहास साछी छ कमरेड ।
असमानता झुकाउँछु भन्थ्यो मेरो मान्छे ।५।