• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बालबालिकाको संसार : मेरो अनुभूतिका सात घटना

"सङ्क्षिप्त संस्मरण शृङ्खला–३२ "

  •   शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    बालबालिकाको आफ्नै संसार हुन्छ । उनीहरूसित सम्बन्धित मेरा कैयौँ आत्मीय, सरल र मधुर संस्मरण रहेका छन् । यस अङ्कमा मैले त्यस प्रकारका केही संस्मरणको उल्लेख गर्ने प्रयत्न गर्दै छु ।

    १. सुन्तला माग्दै बच्चा कराउँदा

    म चेन्नईबाट रेलद्वारा दिल्लीतिर जाँदै थिएँ । मैले चेन्नईमा नै एक किलो सुन्तला किनेको थिएँ । मैले रेलमा एउटा सुन्तला फोकेर खाएँ । म बसेको सिटको पल्तिरको सिटमा एउटा अधबैँसे व्यक्ति, उनकी पत्नी र उनीहरूको एक जना सात वर्षजतिको छोरो बसेका थिए । मैले सुन्तला खाएको देखेर त्यो बालक पनि ‘सुन्तला’ भन्दै कराउन थाले । रेलमा कतै सुन्तला किन्ने ठाउँ थिएन । मेराअगाडि बसेका अधबैँसे व्यक्तिले आफ्नो छोरालाई सम्झाउने धेरै कोसिस गरे तर बालक कराई नै रहे ।

    मैले आफूसित भएका दुईओटा सुन्तला त्यो बालकलाई दिन खोजेँ । मैले सिधै त्यो बालकलाई सुन्तला दिन मिल्दैनथ्यो । त्यसैले मैले बालकको बाउलाई सुन्तला दिएर बालकलाई दिन भनेँ तर उनले मबाट सुन्तला लिन अस्वीकार गरे । त्यसरी कुनै अपरिचित व्यक्तिबाट सुन्तला लिनु राम्रो पनि हुँदैनथ्यो । उनी त्यही सोचेर उनले मबाट सुन्तला नलिएका होलान् तर बालक ‘सुन्तला’ भन्दै लगातार कराइरह्यो ।

    बालक ‘सुन्तला’ भन्दै कराएको देखेर मलाई त्यो बच्चालाई सुन्तला दिन धेरै नै मन लागेको थियो । केही बेरसम्म मैले त्यो बालकलाई सुन्तला कसरी दिने भनेर सोचिरहेँ । अन्तमा मैले आफूलाई रोक्न सकिनँ र आफ्नो अगाडि बसेका व्यक्तिलाई भने– ‘बालकलाई सुन्तला खाना धेरै मन लागेको छ । त्यसका लागि कराइरहेको छ ।’

    मैले अगाडि भनेँ– ‘तपाईंले यस्तो गर्नुस्, मैले दिएको सुन्तला त्यसै लिन तपाईंलाई राम्रो लागेन भने मलाई सुन्तलाको पैसा दिनुस् र बालकलाई सुन्तला खान दिनुसु ।’

    ती व्यक्तिले केही बेरसम्म मेरो मुखमा हेरिरहे । त्यो बालककी आमा र बच्चाले पनि घोरिएर मेरो मुखमा हेरिरहे । त्यसपछि त्यो बच्चाको बाउले मलाई भनेँ : ‘हुन्छ, सुन्तला दिनुस् ।’

    मैले दुईओटा सुन्तला दिएँ । त्यो बेला त्यो बच्चाको अनुहारमा जुन प्रशन्नताको भाव देखा परेको थियो, त्यो भावलाई मैले अहिलेसम्म पनि सम्झिन्छु । त्यो बेलाको त्यो बच्चाको मुहारको भावलाई सम्झेर मलाई अहिलेसम्म पनि धेरै नै आनन्द लागेर आउँछ ।

    २. बसमा सिट नपाएकी बालिका

    म पान्डिचेरीबाट बसमा मद्रास (अहिलेको चेन्नई) तिर जाँदै थिएँ । बसमा धेरै भिड थियो । दुई जना बाउआमा र उनीहरूको सात/आठ वर्षकी एउटी छोरी सिट नपाएर बसमा उभिएका थिए । मैले बच्चीलाई ल्याएर आफ्नो काखमा राखेँ । केही बेरपछि बसका मान्छे झर्दै गए र त्यो बच्चीका बाउआमा पनि आफ्नो सिटमा गएर बसे । मेरो काखमा बसेकी बच्ची पनि मेरो काखबाट उठेर गएर आफ्ना बाउआमासित सँगै बसिन् ।

    केही बेरपछि बस एक ठाउँमा खाजा खाने भनेर रोकियो । मैले पनि चियाखाजा खान बाहिर जाने विचार गर्दै थिएँ, त्यही बेला मेरो काखमा बसेकी बच्चीले प्लास्टिकको एउटा थालमा केही नास्ता ल्याएर मलाई दिइन् । उनीहरूले घरैबाट केही नास्ता बनाएर ल्याएका थिए र मलाई पनि उनीहरूका बाउआमाले भाग छुट्याएर पठाइदिएका थिए ।

    उनीहरूले मलाई पनि नास्ता पठाइदिएको देखेर धेरै खुसी लाग्यो । उनीहरूको भाषा पनि तामिल थियो र मैले बुझ्दैनथेँ तर भाषा नबुझे पनि मलाई नास्ता दिने बेलामा त्यो बच्चीको मुखमा जुन प्रकारको आत्मीयताको भाव थियो, त्यो देखेर मलाई धेरै खुसी लाग्यो ।
    मैले पछाडि फर्केर त्यो बच्चीका बाउआमाको मुखमा हेरेँ । बच्चीको बाउले मुखले केही भने । मैले उनीहरूको कुरा बुझिनँ तर उनले हातको इसारा गर्दै भने जस्तो लाग्यो : ‘खानुस्’ । मैले धेरै नै प्रशन्न हुँदै त्यो नास्ता खाएँ ।

    केही बेरपछि उनीहरू बसबाट झरे । झर्ने बेलामा ती बच्ची र उनीहरूका बाबुआमा दुवै जना हाँस्दै बिदा भए । सानी बच्चीले पनि मलाई हात जोडेर ‘नमस्ते’ गरिन् । मैले धेरै बेरसम्म उनीहरू गएको दिशामा हेरिरहेँ ।

    ३. बसबाट टाउको बाहिर निकाल्ने बालक

    म काठमाडौँको कलङ्कीबाट बसबाट रत्नपार्कतिर जाँदै थिएँ । म बसेको सामुन्नेको सिटमा एउटा महिला र उनको पाँच/छ वर्षको एउटा छोरा बसेका थिए । छोरो झ्यालतिर बसेको थियो । उसले आफ्नो टाउको बारम्बार झ्यालबाट बाहिर निकाल्थ्यो । उसकी आमाले टाउको बाहिरतिर ननिकाल्न भन्थिन् तर उसले झन् जोडले टाउको बाहिर निकाल्दथ्यो ।

    मैले उसकै आमालाई भनेँ– ‘तपाईंले केही नभन्नुस्, मैले उसलाई सम्झाउँछु ।’

    मैले त्यो बालकतिर फर्केर कडा स्वरले भनेँ– ‘टाउको बाहिर निकाल !’

    मैले दुई/तीनपल्ट टाउको बाहिर लैजान भनेँ तर उसले ‘बाहिर लैजान्न’ भन्दै टाउको झन् जोडदार किसिमले भित्र ल्याउने गरिरह्यो ।

    त्यसरी त्यो बालकलाई टाउको भित्र लगेको देखेर त्यसकी आमा पनि खुसी भएर हाँसिन् र सिटमा बसेका अरू मानिस पनि हाँसे ।

    ४. समीरको भात खाने ढङ्ग

    त्यो बेला समीर सानै थियो । सायद पाँच/छ वर्षको थियो होला । उसले र मैले आआफ्ना थालमा सँगै खाना खाँदै थियौँ । खाना खाने थालबाट त्यसले धेरै नै भात बाहिर पोखेको थियो । त्यो देखेर मैले भने– ‘तिम्रो भात खाने ढङ्ग नै छैन । यतिका भात पोखेका छौ ।’

    उसले पनि मैले खाइरहेको थालतिर हेर्‍यो । मेरो थालबाट पनि केही भात बाहिर पोखिएको थियो । त्यसले मेरो थालबाट पोखिएको भात देखाउँदै भन्यो : ‘मेरो पनि ढङ्ग छैन । बुबाको पनि ढङ्ग छैन ।’

    ५. विश्व हामीलाई छोडेर भाग्न खोज्दा

    म, दुर्गा र विश्व लखनऊमा एउटा कोठा लिएर डेरा गरेर बसेका थियौँ । त्यो बेला विश्वको उमेर त्यही सात/आठ वर्षको जति थियो होला ।

    एक दिन त्यो धेरै नै रिसायो । त्यसले ‘म यहाँ बस्दिनँ, नेपाल जान्छु’ भन्दै ढोकाबाट बाहिर निस्कियो । बाहिर निस्केर ऊ बाटामा अगाडि बढ्दै गयो । म पनि उसलाई केही नभनिकन पछाडि पछाडि गएको थिएँ । उसले बिचमा फर्केर हेथ्र्यो र मलाई पछाडि पछाडि आएको देखेर झन् अगाडि दगुथ्र्यो ।

    त्यति सानो बालकलाई एक्लै कतै जान लागेको देखेर एउटा मान्छेले ऊसँग नजिक आएर उसलाई भन्यो– ‘जाने कहाँ हो ?’ त्यो मान्छेले उसलाई समात्न खोज्यो ।

    त्यो मान्छे को थियो ? उसलाई किन समात्न खोजेको थियो ? त्यो त मलाई थाहा भएन तर त्यो मान्छेले समात्न खोजेको देखेर ऊ धेरै नै आत्तियो । ऊ पछाडि फर्केर दुगर्दै आयो र मलाई अँगालो हाल्यो ।

    ६. दिव्यका भ्रातृप्रेम

    एकपल्ट कुनै कुरामा रिसाएर दुर्गाले विश्वलाई पिट्न थालेकी थिएन् । उनले एकदुई चोट विश्वलाई हानी पनि सकेकी थिइन् । त्यही बेला विश्व भुइँमा रुँदै पल्टिएको थियो । त्यही बेला दिव्यले दाइलाई अँगालो हालेर उसमाथि सुत्यो र भन्न थाल्यो– ‘ममी, दाइलाई नपिट्नुस्’ ।

    दिव्यले दाइलाई नपिट्न भनेर त्यसरी अँगालो हालेको देखेर हामी सबै दङ्ग पर्‍यौँ र दुर्गाले विश्वलाई पिटिनन् ।

    ७. चोरसँगको समझदारी

    त्यो केटाको नाम त अहिले मलाई याद छैन तर त्यो बेला त्यसको उमेर १२ वर्षजतिको थियो होला तर उसले सानै उमेरदेखि चोरी गर्ने गरेको थियो र त्यो कुरा गाउँमा सबैलाई थाहा थियो ।

    त्यो बेला मेरो नाममा वारेन्ट थियो । ओखरकोटको दाजीको घरमा त्यो बेला कोही बस्दैनथ्यो । त्यसैले भूमिगत भएको बेलामा म प्रायश: त्यो घरमा एक्लै बस्ने गर्दथेँ । त्यो घर खाली छ भन्ने कुरा सबैलाई थाहा थियो । त्यसैले त्यो घरमा कोही आउने गर्दैनथ्यो । त्यसैले राती भएपछि म यताउता जाने गर्दथेँ र दिउसो त्यही घरमा बस्ने गर्दथेँ ।

    एक दिन दिउसो म त्यही घरमा बसेको थिएँ । त्यही बेला त्यो चोर केटो झ्यालको बाटो त्यही कोठामा पस्यो । मलाई देखेर त्यो केटो पनि डरायो । उसलाई देखेर म पनि तर्सिएँ । त्यो केटालाई चोरी गर्न आएको थाहा पाएर मैले पक्रन्छु भनेर ऊ डराएको थियो । त्यसले म यहाँ बसेको कुरा हल्ला गर्दिन्छ र त्यो कुरा पुलिसलाई पनि थाहा हुन्छ भनेर म तर्सेको थिएँ ।

    मैले उसलाई भने– ‘तिमी यहाँ चोर्न आएको कुरा थाहा भयो भने गाउँका मान्छेहरूले तिम्लाई पक्रन्छन् र पुलिसलाई बुझाउने छन् । त्यसैले तिमी यहाँ आएको र मलाई देखेको कुरा कहिँ नबताउनू ।’

    त्यसपछि हामीमाझको कुरा त्यही साम्य भयो : मैले उसको कुरा गरिन† उसले मेरो कुरा गरेन ।

    शनिबार, कार्तिक ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.