काठमाडौँ । नेकपा (मसाल) ले गोविन्दसिंह थापाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Advertisement
महामन्त्री महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज २४ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यस्तो कामना गरेको हो ।
वक्तव्यमा भनिएको छ :
“कामरेड गोविन्दसिंह थापा भर्याङबाट लडेर गम्भीर घाइते भई अन्नपूर्ण न्युरो अस्पतालमा उपचारत भइरहेको जानकारी प्राप्त भएको छ । हामीले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
गोविन्दसिंह थापा असोज २३ गते मङ्गलबार भर्याङबाट लडेर घाइते हुनुभएको थियो ।
टाउको र हातमा गम्भीर चोट लागेको अवस्थामा उहाँको काठमाडौँ माइतिघर मण्डलास्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।