बागलुङबजार । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ सहिखोलामा अखिल नेपाल महिला सङ्घको भेला सम्पन्न भएको छ ।
Advertisement
महिला सङ्घकी नगर सचिव दधिकला पाण्डेको प्रमुख आतिथ्यमा २०८० असोज २२ गते सोमबार उक्त भेला सम्पन्न भएको हो ।
भेलामा अखिल नेपाल शिक्षक सङ्घ ढोरपाटन नगर समितिकी उपाध्यक्ष सुपमाया घर्ती र राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिका सचिव तुलसिराम खरेलको पनि आतिथ्य रहेको थियो ।
भेलाले गुमकुमारी पौडेल अध्यक्ष रहनुभएको महिला सङ्घको वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा चमेली पुन, सचिवमा गीता सापकोटा, सहसचिवमा बेलकली पौडेल, कोषाध्यक्षमा टेकमाया विक र सदस्यहरूमा दिलमाया नेपाली, धदुमी नेपाली, देवी विक, कल्पना नेपाली र खिमा खरेल रहनुभएको छ ।