शंकरप्रसाद पोख्रेल, (सियारी) रुपन्देही ।
राष्ट्रिय जनमोर्चाले रुपन्देही जिल्लाको सियारी र सुध्दोधन गाउँपालिकामा संयुक्त प्रशिक्षण तथा भेला गरेको छ । संयुक्त भेलाले दुवै गाउँपालिकास्तरीय समिति पुनर्गठन गरेको छ ।
भेलाको उद्घाटन राजमो जिल्ला सचिव कृष्णप्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, नेकपा (मसाल) रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्थ, राजमो जिल्ला सदस्य लीलारम खनाल, अखिल (छैठौं) का बिनिता पौडेल र बिसाल पौडेल लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।
भेलाले विशाल पौडेलको अध्यक्षतमा सुद्धोधन गाउँपालिका स्तरीय राजमोको समिति गठन भएको छ । जसको उपाध्यक्षमा लीलाबहादुर घिमिरे, सचिव दुर्गाबहादुर कुँवर, कोषाध्यक्ष तेजेन्द्र मल्ल तथा सदस्यहरुकम बाबुराम गोसाइ, रनबहादुर गौतम, बिनिता पौडेल, नरेन्द्रसिंह खड्का रहनुभएको छ ।
त्यसैगरि मानबहादुर नेपालीको अध्यक्षतमा राजमो सियारी गाउँपालिकास्तरीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा यामबहादुर अर्सिज, सचिव खगेश्वर गिरि कोषाध्यक्ष शिवराज गिरि, सदस्यहरुमा टीका गिरि, मोहन गिरि, कृष्ण नेपाली र शंकर पौडेल रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन खगेश्वर गिरि र अध्यक्षता लीलाराम घिमिरेले गर्नुभएको थियो ।