• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुर्खेत जुम्ला इजलासमा भर्चुअल बकपत्र सेवा सुरु हुँदै


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • खलङ्गा । उच्च अदालत सुर्खेत जुम्ला इजलासले अब भर्चुअलबाट बकपत्र सेवा सुरु गर्ने भएको छ ।

    Advertisement

    यही असोज महिनादेखि न्यायिक प्रक्रिया सम्पादनमा प्रविधिलाई कार्यान्वयमा ल्याएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले जानकारी दिनुभयो ।

    उहाँले प्रविधिमैत्री सेवाअन्तर्गत अनलाइन/म्यासेजबाट तारेख र जुममार्फत बकपत्रको व्यवस्था गरिएको बताउनुभयो ।

    जिल्लास्थित पत्रकारसँग भेटघाट कार्यक्रममा मुख्य न्यायाधीश गौतमले भन्नुभयो– ‘अदालतको न्यायिक प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री, कम खर्चिलो बनाउन अनलाइनबाट तारेख र जुममार्फत बकपत्रको व्यवस्था गरिएको छ ।’

    कर्णाली प्रदेशका पाँच जिल्लामा कार्यक्षेत्र रहेको जुम्ला इजलासमा न्यायिक प्रक्रियामा प्रविधिमैत्री सेवाको विस्तार गरिएको हो । कर्णालीका जुम्लासहित कालीकोट, मुगु, हुम्ला र डोल्पामा इजलासको कार्यक्षेत्र रहेको मुख्य न्यायाधीश गौतमको भनाइ थियो ।

    यो प्रविधि यसअघि सर्वोच्च अदालतसहित नेपालगञ्ज र दिपायलमा समेत लागु भइसकेको छ । तीमध्ये दिपायलमा सेवा प्रभावकारी भएकाले कर्णालीमा पनि उक्त सेवा लागु गरिएको हो । उक्त सेवा लागु भएपछि अब कुनै पनि व्यक्तिले तारेखका लागि जुम्लास्थित अदालतमा भौतिक रूपमा उपस्थित हुनुपर्दैन । प्रविधिको प्रयोग गरेर म्याजेसमार्फत तारेखबारे जानकारी पाइने मुख्य न्यायाधीश गौतमले जानकारी दिनुभयो ।

    कुनै पनि मुद्दाको बहस र बकपत्र सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट जुम प्रविधिमार्फत गर्न सकिने जुम्ला इजलासले जनाएको छ । सो प्रविधि लागु भएपछि कुनै पनि मुद्दाको बकपत्रको लागि डोल्पाका नागरिक जुम्ला आइरहनुपर्दैन । मुद्दासँग सम्बन्धित व्यक्ति र कानुन व्यवसायीले समेत सम्बन्धित जिल्लाबाट बकपत्र दिन र बहस गर्न सकिने अदालतका रजिस्ट्रार यामप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

    कर्णालीका पाँच जिल्लामा जाडो महिनामा भौगोलिक विकटताका कारण नागरिकले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर सेवा विस्तार गरिएको हो । कर्णालीका उच्च हिमाली जिल्लामा जाडो याम, वर्षा तथा प्राकृतिक बिपत्लगायत समयमा न्यायसम्पादनमा कठिनाइ हुने जनाइएको छ ।

    रजिस्ट्रार बाँस्कोटाले भन्नुभयो– ‘न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउने हाम्रो उद्देश्य रहेको छ । अब मुद्दाको निरुपणका लागि एक वर्ष कुर्नुपर्दैन । कम्तीमा छ महिनाभित्रै मुद्दा किनारामा लाग्दै आएका छन् । अब लामो समय फैसला पनि कुर्ननपर्ने परिपाटी सिर्जना गर्छौं । तारेखमा अनलाइन प्रणाली लागु गरिएको छ । अब जुममार्फत बकपत्रको व्यवस्था गरिएको छ ।”

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.