काठमाडौँ । बाँकेको नेपालगञ्जमा कर्फ्यू आदेश जारी भएको छ।
Advertisement
दुई धार्मिक समुदायमाझ तनाव बढ्ने अवस्था देखिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले नगर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेका हुन् ।
२०८० असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कफ्र्युआदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ।
पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ ।

