• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महानगरले खुला मञ्च बन्द गर्न पाउँदैन : प्रजिअ बस्नेत


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन्।

    Advertisement

    आइतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो बताएका हुन्। उनले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनु पर्ने बताए।

    उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए। उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरुले माईतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए।

    प्रजिअ बस्नेले खुला मञ्चमा सुरक्षित रुपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माईतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए। उनले काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माईतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध हुने गरेको बताए। प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरुलाई सरकारले साइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताए।

    उनले भने,‘काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग भएको छ्रैन। सुरक्षाको हिसावले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध छ। विभिन्न र्‍याली, हजारौंको सख्यामा प्रदर्शन भइरहेको छ। हामीले उनीहरुलाई साइडमा हिँडाएर नियमन गर्न सकेका छैनौं। ट्राफिक सचेतना सबैलाई जगाउन जरुरी छ। प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक भएको छ। हामीले सडकको साइडको लेन प्रयोग गर्नु भनेका छौं।’

    उनले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताए। उनले देशभरबाट प्रदर्शन गर्न आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गरे।

    देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरुलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ पनि छैन। विगत लामो समयदेखि प्रर्दशन, सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुल्ला मञ्चको रुपमा प्रयोग भएको थियो। त्यो खुलामञ्च पनि अहिले थन्किरहेको छ। कसको मातहतमा छ भन्ने कुरा पनि थाहा छै्रन। खुलामञ्च नेपाल सरकारको नाममा छ। त्यसलाई नेपाल सरकारले प्रयोग गर्ने वा स्थानीय तह महानगरले प्रयोग गर्ने हो अन्योल छ।’

    उनले विगत लामो समयदेखि प्रदर्शन, सभा पर्ने र भनाईहरु राख्ने ठाउँ खुला मञ्चको रुपमा प्रयोग भएको तर अहिले बन्द रहेको भन्दै खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए। उनले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरुले खुला मञ्चमा अभिव्यक्तिहरु राख्न पाउनुपर्ने बताए। उनले ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताए।

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.