खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ३ हल्ते अमराईमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
ऐतिहासिक तीन अभियान कार्यक्रमअन्तर्गत २०८० असोज १४ गते आइतबार सम्पनन भेलाद्वारा सो समिति गठन भएको हो ।
भेलाले गठन गरेको टोल समितिमा अध्यक्ष चित्रबहादुर महतारा रहनुभएको छ ।
समितिको उपाध्यक्षमा प्रेमबहादुर महतारा, सचिवमा मधुलाल गिरी, सहसचिवमा टुकमान थापा र कोषाध्यक्ष गीता थापा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा यामबहादुर थापा, लोकबहादुर महतारा, पीतबहदुर खत्री, गिरबहादुर खत्री, भोजबहादुर खत्री, अमरबहादुर खड्का, भेषकुमारी खत्री र बेलकुमारी थापा रहनुभएको छ ।
भेलाले तेजबहादुर खड्का, हिरा खत्री, ढुन्दबहादुर थापा, गोरबहादुर थापा, मिनबहादुर विक र डोलबहादुर महतारालाई सल्लाहकारमा चयन गरेको छ ।
भेलालाई प्रमुख अतिथि राजमो झिमरुक पालिका समितिका सचिव खिमबहादुर विक हुनुहुन्थ्यो ।
कार्यक्रममा राजमो नेता एवम् झिमरुक–३ का वडाअध्यक्ष मिनबहादुर खत्रीले पार्टीले सञ्चालन गरेको ऐतिहासिक तीन अभियानको महत्त्व र वर्तमान देशको अवस्थाबारे मन्तव्य राख्नुभएको थियो ।
भेला राजमो नेता तेजबहादुर खड्काको अध्यक्षता तथा राजमो झिमरुक–३ अध्यक्ष नवराज केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।