• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ख्याति पाएर पनि सम्भार नपाएको बलेवाको भैरवस्थान मन्दिर


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • कृष्ण अधिकारी ##

    Advertisement

    ऐतिहासिक पृष्ठभूमि

    बागलुङका विभिन्न प्रसिद्ध मन्दिरमध्ये बागलुङको भगवती कालिका मन्दिरपछिको दोस्रो महत्त्वपूर्ण मन्दिर बलेवाका भैरव मन्दिर रहेको छ ।

    सोह्रौँ शताब्दीमा सेनवंशी राजाहरूको राज्यविस्तार भएको थियो । कुलचन्द्र कोइरालाका अनुसार सेनवंशी राजाहरूको ऐतिहासिक परिचर्चा र पूर्वी पहाडका केही ब्राह्मण वंशमा पाइन्छ । त्यसै अवधिमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ ।

    पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यारोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोका रूपमा बुबासँग मागेर आफूसँगै ल्याएर बागलुङ कालिका भगवती स्थापना गरेको भनाइ छ ।

    समयकालको हिसाबले पनि कालिका भगवती र बलेवा कालभैरव मन्दिर मुकुन्दसेनकै पालाका देखिएकाले उत्तिकै पुराना ऐतिहासिक मन्दिर भएको अनुमान गर्न सकिन्छ तर इतिहासका अध्यता डा. आरुणी आचार्यका अनुसार बाइसे/चौबिसे राजाका पालामा १८४२ मा बलेवामा कालभैरव मन्दिर स्थापना भएको बताइएको छ ।

    भैरव मन्दिरको महत्त्व र साथमा रहेको कोटघर

    बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारदेखि १८ किमि दक्षिण र समुद्री सतहदेखि झन्डै दुई हजार मिटरको उचाइमा बलेवा कालभैरव मन्दिर सयौँ वर्षदेखि अस्तित्वमा रहेको छ । यहाँ धेरै टाढा टाढादेखि बर्सेनि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू कालभैरव देवताको पूजाअर्चनाका लागि आउने गरेका छन् । यहाँका भैरवलाई भाकल गरेपछि आँटेताकेको काम पूरा हुने जनविश्वास छ । त्यसैले दु:खकष्टको विनाश, सुखसम्पत्ति र आरोग्यताप्राप्तिका लागि कालभैरव देवताको प्रार्थना गर्ने गर्दछन् ।

    काठमाडौँ र पाल्पाका आफ्ना दाजुहरूले नदेखुन् भनेर यी भैरवले आफ्नो गजुर अलि होचो राख्न लगाएका भन्ने किंवदन्ती छ । यहाँका भैरवको स्वयम् मूर्ति भने यसै जमिनमुनि रहेको विश्वास गरिएको छ । यो मन्दिरमा पुजारीका रूपमा शाही ठकुरीलाई राख्ने परम्परा चल्दै आएको छ ।

    साउन महिनाबाहेक प्रत्येक मङ्गलबार पूजा हुंँदै आएको यस मन्दिरमा, मन्दिरसम्म नै यातायातको पहुँच विस्तार भएपछि हालका दिनमा शनिबार पनि यहाँ पूजा हुँदै आएको छ । बडादसैँको अवधिमा भने यहाँ नियमित पूजा हुने गरेको छ । नवमीका दिन कोटघर र यहाँ भक्तजनको ठुलो भिड हुने गरेको छ । यहाँ आउने दर्शनार्थीले प्रसादस्वरूप रोट चढाउने चलन रहे पनि आजकाल भने नरिबल र फलफूल चढाउने गरिएको छ । यहाँ कुखुरा र बोकाको बलि दिने गरिन्छ । २०/२२ मुरी धान फल्ले खेत भैरव मन्दिरको गुठीका नाममा यसै वडा बानपा १२ मा रहेको छ । विगतमा यसै स्रोताबाट पूजा सञ्चालन गर्दै आइएको थियो । अहिले प्राय: खेत बाजै रहे पनि मन्दिरमा उठ्ने भेटीबाट ठेकेदारले मन्दिरको पूजा मिलाउने गरिएको छ ।

    भैरव मन्दिरको दक्षिणपट्टि करिब ५०० मिटरको दुरीमा कोटघर छ । बाइसे–चौबिसे राजाका पालामा साविकका ६ ओटा गाविस अमलाचौर, पैयुँपाटा, नारायणस्थान, भकुन्डे, रायडाँडा र कुश्मिसेरा मिलाएर छुट्टै राज्य भएको र कोटघर त्यसैको अवशेष अस्तित्व मानिँदै आएको बुझिन्छ ।

    बलेवा क्षेत्रको यो कोट तथा दसैँघरमा बडादसैँको अवसरमा नवरात्र पूजा र नवमीका दिन तरबार नाच, भजनकीर्तन, नौमतिबाजासहितको जात्रा आयोजना गरी बलेवावासीको कुशल मङ्गलको कामनासहित मौलोपूजा गरिन्छ । साथै राँगा र बोकाको बलि चढाइन्छ ।

    पर्यटकीय महत्त्वको बलेवा भैरवस्थान

    बलेवा कालभैरव मन्दिर समुद्र सतहदेखि धेरै माथि डाँडोमा रहेको छ । यहाँसम्म पुग्न बाटोमा अलि कठिन लागे पनि यो डाँडोमा पुगिसकेपछि भने प्रकृतिले दिएको स्वर्गीय आनन्दको महसुस हुन्छ । पूर्वपट्टि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्र्रे, निलगिरी हिमाललगायतका अग्ला हिमशृङ्खलाको ताँती, पश्चिमपट्टि समुद्रका छाल जस्तै बनेर तलमाथि हुँदै दूर क्षितिजसम्म पुगेका पहाडी भूभाग, उत्तरपट्टि भैरवस्थानलाई ओढाएर उभिए झैँ देखिने पाग्जाकोटको डाँडो र दक्षिणमा रहेको ऐतिहासिक कोटघर । आहा ! यो ठाउँ भन्ने सबैको मनमा भावना जाग्दछ र एकपटक यहाँ पुगेको मानिस फेरि पनि पुगौँ भन्ने लाग्छ ।

    महिमा पाएको तर सम्भार नपाएको

    समाजको चेतनाको स्तर, त्यस समाजलाई नेतृत्व प्रदान गर्ने व्यक्तिहरूको स्वच्छताले त्यस ठाउँको विकासमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणको रूपमा धेरै टाढा जानुपरेन, बागलुङ नगरपालिका वडा नं. ६ मा रहेको पञ्चकोटको विकासलाई हेरे पुग्छ । बागलुङ बजारदेखि जम्मा ८ किमि टाढाको दुरीमा रहेको पञ्चकोट आजभन्दा १० वर्षअगाडि कुनै खास महत्त्वको ठाउँ थिएन ।

    स्वामी कमलनयन आचार्यज्यूको पहलमा पञ्चकोट विकासको गुरुयोजना अगाडि बढाइयो । २०७१ सालदेखि बर्सेनि महायज्ञ सञ्चालन गरी हालसम्म करिब १४ करोड उठेको र योसहित हालसम्म संरचना निर्माणमा १७ करोड खर्च भइसकेको बताइन्छ । सम्पूर्ण गुरुयोजना निर्माणमा दुई अर्ब लाग्ने अनुमान गरिएको छ । पञ्ञ्चकोटको यो तीव्र विकासले गर्दा धर्मिक पर्यटनका लागि पञ्चकोट बागलुङ कालिका पछिको दोस्रो गन्तव्य बन्न थालेको छ ।

    बलेवा कालभैरव मन्दिर ऐतिहासिक र पुरानो बनिबनाउ मन्दिर भएर पनि सम्भार नपाएर अलपत्र परे जस्तै देखिन्छ । मन्दिरको इतिहास, महिमा र मनोकाङ्क्षा पूरा गर्ने शक्ति थाहा पाएका श्रद्धालु भक्तजनहरू यहाँ आएर यो मन्दिरको अवस्था देखेपछि निराश भएको बताउने गरेका छन् । मन्दिरको नाममा उठ्ने चन्दा र भेटी कहाँ जान्छ भनी प्रश्न गर्दछन् । मन्दिरका नाममा आर्थिक दोहन त भएको छैन भनी शङ्का गर्दछन् ।

    मन्दिरलाई व्यवस्थित गर्ने भनेर २०७१ सालमा मालपोत कार्यालय बागलुङको पहलमा गुठी संस्थान केन्द्रीय कार्यालयबाट प्रथमपटक श्री दीपेन्द्रबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय भैरव मन्दिर व्यवस्थापन समिति बनेको थियो । मन्दिरको आम्दानी ठेक्काबापत् आउने रकम गुठी संस्थान केन्द्रमा नपठाई समितिकै खातामा जम्मा हुने परिपाटी मिलाइएको थियो । यो समिति बनेपछि समग्र धार्मिक क्षेत्र र नयाँ मन्दिरको गुरुयोजना सहितको एउटा नक्सा मन्दिरको सत्तलमा पनि झुन्डाइएको थियो । यो देखेपछि अब धेरैलाई मन्दिर व्यवस्थित हुन्छ भन्ने विश्वास जागेको थियो । यो अवधिमा पञ्चकोटको विकास माथि बताइसकिएको छ तर भैरवस्थानमा यो अवधिमा राज्यको तर्फबाट सङ्घ, प्रदेश र नगरपालिका गरेर करिब डेढ करोडको हाराहारीमा लगानी गरेर मन्दिर वरिपरिका केही काम भए पनि व्यवस्थापन समितिको पहलमा कुनै काम भएको देखिंँदैन । मन्दिर पुरानै अवस्थामा जस्ताको तस्तै छ । भित्तामा टाँगिएको गुरुयोजनाको नक्सा पनि आजकल देखिँदैन ।

    यस्ता धार्मिक र सामाजिक कार्यमा पार्टीगत राजनीतिको पक्ष लिएर आग्रह र पूर्वाग्रह हुनुहुँदैनथ्यो तर यहाँ समिति बनेदेखि नै त्यस्तै देखियो। एकार्कोलाई दोषारोपण गरेर यो समिति नै मृत्युतुल्य बनाइयो र मन्दिरको गुरुयोजना बेबारिसे भयो ।

    हाल आएर पुन: ज्ञानेन्द्र ढकालको नेतृत्वमा पार्टीगत भागबण्डाकै आधारमा एउटा नयाँ समिति बनेको छ । यसले कार्यसम्पादन गर्दै जाँदा कत्तिको विश्वास आर्जन गरेर अगाडि बढछ ? धेरैले चासोका साथ हेरेका छन् ।

    गत वर्ष उपमेयर राजु खड्काको प्रेरणा र ठेकेदार राजु हमालसहित स्थानीयको पहलकदमीमा भदौ महिनाको पहिलो मङ्गलबार भैरवस्थान हरेलो मेलाको आयोजना गरेर भैरव मन्दिरको प्रचार प्रसारमा राम्रो भूमिका रहेकाले यस वर्ष पनि दोस्रो हरेलो मेलाको आयोजना गरिएको थियो । मेलाको उद्घान प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरेका थिए । अतिथिहरूमा पूर्व मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा हालका प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सांसद, बाग्लुङ नगरपालिकाका मेयर तथा उपमेयर, बागलुङ जिल्ला प्रमुख अधिकारी तथा केही पार्टी प्रतिनिधि थिए । राष्ट्रिय जनमोर्चाको व्यवस्थापन समितिमा प्रतिनिधित्व नभएकाले होला सायद अतिथि पनि कसैलाई बोलाइएन ।

    माननीय मुख्यमन्त्रीले भैरवस्थान आइपुग्ने तीनओटा बाटामध्ये एउटा बाटोलाई निश्चित गरेर आएमा आफूले भैरवस्थानसम्म कालोपत्रे बाटोका लागि बजेट व्यवस्थापन गर्ने बताए । पैयुपाटा जलजला–भैरवस्थानका लागि वर्ष ८०/८१ को बजेटमा यस क्षेत्रका माननीय सांसद चित्रबहादुर केसीको पहलमा सहरी विकास मन्त्रालयबाट रु दुई करोड पचास लाख रकम विनियोजन भएको छ । मुख्यमन्त्रीले वचन पूरा गरेमा अर्को वर्ष सङ्घ र प्रदेशको बजेटले भैरवस्थानसम्म नै बाँकी रहेको छ/सात किमि बाटो कालोपत्रे हुने आशा जागेको छ ।

    त्यस्तै, पूर्वमन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा हालका मन्त्री दीपेन्द्रबहादुरले आफ्नो पालामा यो मन्दिरका लागि १७ करोडको गुरुयोजना तयार पारेको र काठका लागि टिम्बर कर्पोरेसनसँग सहमति भए पनि आफूलाई काम गर्न सहज वातावरण नमिलेको बताए । हालको समितिले काम गर्ने वातावरण मिलाएर अगाडि बढे आफू हरहमेसा सहयोग गर्न तयार रहेको बताए ।

    मन्दिरको हिसाब पारदर्शिता हुन जरुरी छ

    २०७१ सालमै ठेक्काबापत् आउने रकम समितिकै खातामा जम्मा हुने भनिए पनि हालसम्म समितिको खातामा कति रकम जम्मा भएको छ ? त्यसबारे समितिले हालसम्म केही सार्वजनिक गरेको छैन । गत वर्ष र यस वर्ष भैरवस्थान हरेलो मेलाको आयोजना गरियो ।

    मेलाका लागि भनेर देश तथा विदेशबाट लाखौँ रकम उठेको थियो । गत वर्षको हिसाब सार्वजनिक नभएकाले यसवर्ष सात दिनभित्र हिसाब सार्वजनिक गरिने छ भनिएको थियो तर अहिलेसम्म यस वर्षको हिसाब पनि सार्वजनिक भएको छैन ।

    मेलाको आयोजना गरेर भैरव मन्दिरको प्रचार प्रसार र भक्तजनको व्यापक उपस्थितिलाई यसले धेरै मदत गरेको छ । मेलाको आयोजनाले मन्दिरको ठेकेदार पक्षलाई पनि राम्रै भए होला । व्यवस्थापन समितिलाई मेलाको आयोजना गर्नुको उद्देश्य स्पष्ट हुनुपर्छ ।

    यो आयोजनाबाट कम्तीमा केही बचत गरेर मन्दिरको संरचना निर्माणमा सहयोग पुग्ने उद्देश्य राख्न जरुरी छ । सहयोग गर्नेहरूले पनि मन्दिरलाई केही होस् भनेर गरिरहेका हुन्छन् । नवगठित व्यवस्थापन समितिले यो कुरा बुझ्नु जरुरी छ, तब मात्र यो समितिले विश्वास आर्जन गरेर अगाडि बढ्न सक्ने छ ।

    हामीले ठुला ठुला मेलाको आयोजना गर्‍यौँ भनेर गौरव गर्न सकिएला तर मन्दिरको अवस्था ज्युँकात्युँ रह्यो भने हामीप्रतिको जनविश्वास जाग्न सक्ने छैन ।

    (बागलुङ नगरपालिका–१२, बागलुङ)

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.