• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘नेपाल र चीनबीचको मित्रता कमजोर पार्न अमेरिका र भारत प्रयासरत छन्’


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालको चीनसितको सम्बन्ध कमजोर पार्न भारत र अमेरिका प्रयासरत रहेको आरोप लगाएको छ ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका सन्दर्भमा पार्टीको धारणा स्पष्ट पार्दै राजमोले चीनसितको सम्बन्ध कमजोर पार्न भारत र अमेरिका प्रयासरत रहेको बताएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री दाहालले हालै चीनले सार्वजनिक गरेको नक्सामा लिपुलेक लगायतका क्षेत्र भारततर्फ देखाएकोबारेमा कुरा नराखेकोमा समेत आपत्ति जनाउनुभएको छ ।

    दुई देशबीचको मित्रतालाई अझ बलियो बनाउनु पर्ने कुरामा जोड दिँदै राजमोले चीनसमेत साम्राज्यवादी मुलुकमा परिणत भएकोले उसले हाम्रो मुलुकप्रति अपनाउने गलत नीतिको पनि विरोध गर्नुपर्ने बताएको छ ।

    यस्तो छ वक्तव्य
    ‘प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको अवसरमा २६ सेप्टेम्बर २०२३ तदनुरुप ९ असोज २०८० का दिन नेपाल र चीनले संयुक्त रुपमा जारी गरेको १३ बुँदे संयुक्त वक्तव्यका विषयमा हाम्रो दल राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको अवसरमा चीनका प्रधानमन्त्री वा राष्ट्रपतिसँग नेपालको कालापानी सहितको भूभाग भारतीय नक्सामा सामेल गरी चीनले यही भाद्र महिनामा जारी गरेको नक्साको विषयमा कुनै कुराकानी गरेको वा त्यो सम्बन्धी विषय उठाएको पाइएन । त्यसका साथै नेपाल चीन संयुक्त वक्तव्यमा कालापानी सम्बन्धी विषय नपरेकोमा प्रचण्ड सरकारले आफ्नो मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता र अखण्डताको विषय चीन समक्ष उठाउन नसकेकोमा हाम्रो पार्टी प्रधानमन्त्रीको गम्भीर आलोचना गर्दछ ।

    २.सन् २०१५ मा चीन–भारत बिच जारी संयुक्त वक्तव्यको बुँदा नं। २८ मा लिपुलेक नाकालाई भारत र चीनका बिचको व्यापारीक नाकाको रुपमा विकास गर्ने सहमति भएको थियो । नेपाललाई नसोधी वा नेपालसँग अनुमति नलिएर लिपुलेकको विषयमा भारत र चीनका बिच सहमति गरिएको थियो । यो बताइरहनु पर्ने आवश्यकता छैन कि लिपुलेक नेपालको सार्वभौमसत्ता भित्रको भूभाग हो । सन् २०१५ मा लिपुलेक बारे गरिएको सहमतिका विषयमा पनि चीन भ्रमणमा कुनै कुरा नउठाउनु वा त्यसबारे ९ असोज २०८० मा जारी संयुक्त वक्तव्यमा कुनै कुरा उल्लेख नहुनु राष्ट्रिय हित विपरीतको कुरा हुन जान्छ । सन् २०१५ मा नेपाल भारतले जारी गरेको बुँदा नं।२८ का विषयमा छलफल नहुनुलाई हाम्रो पार्टीले गलत मान्दछ तथा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका बेला यो विषयमा कुरा नउठाएकोमा उहाँको गम्भीर आलोचना गर्दछ ।

    ३. नेपाल–चीन बिचको १३ बुँदे संयुक्त विज्ञप्तिको बुँदा नं। ६ मा नेपालले एक चीन नीतिप्रति समर्थन जनाउँदै ताइवानको स्वतन्त्रताको विरुद्ध रहने तथा तिब्बत, चीनको आन्तरिक मामिला भएको र तिब्बतका विरुद्धको पृथ्थकतावादी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिन नेपालले प्रतिबद्धता जनाएको छ । त्यसलाई हामीले सकारात्मक मान्दछौँ । तर नेपालले अमेरिकाको दबाबमा आएर एमसीसी सम्झौता पारित गरेको छ । एमसीसी सम्झौता विकास परियोजनाको आवरणमा नेपालमा लागु गरेको देखाएता पनि यो हिन्दप्रशान्त रणनीतिको अंगको रुपमा रहेको छ । हिन्दप्रशान्त रणनीतिको मुख्य उद्देश्य नेपालको कमजोर कडीलाई प्रयोग गरेर तिब्बतका विरुद्ध गतिविधि र षड्यन्त्र गर्नु रहेको हुनाले एमसीसी सम्झौता भविष्यमा गएर नेपाल चीन वा तिब्बत विरोधी अमेरिकी रणनीतिको अंग बन्ने खतरा देखिएको छ । नेपाललाई चीन वा तिब्बत विरोधी युद्धभूमिमा परिणत हुन नदिन एमसीसी सम्झौता खारेज हुनु पर्ने कुरामा हामीले सम्पूर्ण देशभक्त नेपाली जनताको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

    ४. नेपाल र चीन बिच जारी संयुक्त वक्तव्यमा नेपालको विकास, पर्यटन, व्यापार तथा पारवहन सम्बन्धी पारस्परिक सहयोगमा आधारित थुप्रै सम्झौता भएका छन् । त्यसलाई हाम्रो दलले सकारात्मक रुपमा लिन्छ । सम्झौता गर्ने तर कार्यान्वयन नहुने वा नगर्ने विगतको तितो यथार्थबाट हामीले ध्यान हटाउन मिल्दैन । नेपालको विकासका लागि महत्व राख्ने चीनसँग भएका कैयौँ सम्झौता दक्षिण वा पश्चिमका मुलुकहरुको दबाबमा परेर सम्झौतालाई तपसिलका विषय पनि विगतका सरकारहरुले बनाउँदै आएको कुरा कतैबाट लुकेको छैन । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने शैलीबाट हामी मुक्त हुनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

    ५.अमेरिका र भारतले नेपालको चीनसितको मित्रता र सम्बन्धलाई कमजोर पार्ने प्रयत्न गर्दै आएका छन् । त्यो अवस्थामा नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्नुलाई सकारात्मक रुपमा लिन्छौँ । दुई देश बिचको मित्रतालाई अझ बलियो बनाउनु पर्ने कुरामा जोड दिन्छौँ । चीनसमेत साम्राज्यवादी मुलुकमा परिणत भएको हुनाले उसले हाम्रो मुलुकप्रति अपनाउने गलत नीतिको पनि हामीले विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’
    २०८० असोज १२ गते
    चित्रबहादुर के.सी
    अध्यक्ष

    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.