काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले आज २०८० असोज १२ गते शुक्रबार “संविधान र प्रेस स्वतन्त्रता” सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै छ ।
Advertisement
काठमाडौँको हार्दिक होटेलमा दिउसो १ बजे सम्पन्न हुने सो कार्यक्रमको प्रमुख अतिथि नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी हुनुहुने छ ।
प्रगतिशीलका अध्यक्ष श्यामलाल पोखरेलका अनुसार कार्यक्रममा नेपाल पत्रकार महासङ्घका साथै विभिन्न पत्रकार सङ्गठनको आतिथ्य रहने छ ।
केन्द्रीय समितिको बैठक पनि
अध्यक्ष पोखरेलका अनुसार प्रगतिशीलको केन्द्रीय समिति बैठक पनि असोज १२ गते साँझ जम्मा भएर असोज १३ गते काठमाडौँमा आयोजना गरिएको छ ।
बैठकका केन्द्रीय सदस्यहरू काठमाडौँ आइसकेको उहाँले जानकारी दिनुभयो ।