काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा फुटपाथमा व्यवसाय गर्दा महानगरले बरामद गरेको सामान फिर्ता दिने भएको छ ।
अभियन्ता ईः र महानगरबीच बुधबार साँझ भएको सहमति अनुसार महानगरले व्यवसायीको सामान पहिचान गरी सात दिनभित्र फिर्ता गर्ने भएको हो ।
अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए। महानगरपालिकाको वार्ता टोली र ईःबीच बुधबार साँझ चार बुँदे सहमति भएको थियो ।
दुई पक्षबीच भएको सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने सहमतिसँगै ईः को आन्दोलन फिर्ता भएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बुधबार फेसबुकमा लामो स्ट्याटस लेखी अभियन्ता ईः का माग पूरा गर्ने अधिकार आफूसँग नरहेको बताएका थिए।
यस्ता छन् सहमतिका बुँदा
