बागलुङबजार । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं. ९ मा अखिल नेपाल महिला सङ्घको भेला सम्पन्न भएको छ ।
Advertisement
जिल्ला उपाध्यक्ष शान्तकला शर्माको प्रमुख आतिथ्यमा २०८० असोज १० गते बुधबार भेला सम्पन्न भएको हो ।
असोज महिनामा सङ्गठन विस्तार अभियान चलाउने निर्णयअन्तर्गत भएको सो भेलाले ११ सदस्यीय महिला सङ्घको टोल समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा सती थापामगर रहनुभएको छ भने उपाध्यक्षमा पानमती थापा, सचिवमा उमादेवी थापा, सहसचिवमा गुमादेवी थापा र कोषाध्यक्षमा नन्दकला सुनुवार रहनुभएको छ ।
समितिको सदस्यहरूमा लक्ष्मी थापा, कृष्णा सुनुवार, सीता नेपाली, लली सुनुवार, चमेली नेपाली र जमुना थापा रहनुभएको छ ।
भेलाको अध्यक्षता सती थापामगरले तथा सञ्चालन विष्णुकली दर्जीले गर्नुभएको थियो ।