• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजधानीसहित ११ स्थानमा साझाको पुस्तक प्रदर्शनी जारी


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • काठमाडौं । साझा प्रकाशनले ललितपुरको पुल्चोकमा पुस्तक प्रदर्शनी जारी राखेको छ ।

    Advertisement

    बजारमा अप्राप्य पुराना पुस्तकहरुका कारण साझा प्रकाशनको प्रदर्शनीमा पुस्तक किन्नेहरुको आकर्षण देखिएको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्य स्वरुप प्रकासनले गत आइतबारदेखि आफ्नो केन्द्रीय कार्यालय लगायत प्रमुख शहरहरुमा रहेको बिक्री कक्षहरुमा प्रदर्शनी आयोजना गरेको हो।

    प्रदर्शनीमा बजारमा अप्राप्य पुस्तकहरुका साथै महत्वपूर्ण पुराना पुस्तकहरु निकै सस्तो मूल्यमा बिक्रीमा राखिएका छन्। त्यसमध्ये टेकबहादुर खत्रीद्वारा लिखित ‘पञ्चायत आज’ को मूल्य ४ रुपियाँ २५ पैसा राखिएको छ। प्रदर्शनीमा भएकामध्ये सबैभन्दा सस्तो पुस्तक यही हो।

    यसैगरी पण्डित ऋषभदेव शास्त्रीको ‘व्याकरणको दन्त्यकथा’ को मूल्य ६ रुपियाँ ५० पैसा छ। सबैभन्दा बढी मूल्यको पुस्तक प्रा। नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ हो। यसको मूल्य २८ सय रुपियाँ छ।

    जारी प्रदर्शनीमा साझा प्रकाशनबाट हालै प्रकाशित परमानन्दगीता, अणिमा, मनको बह, मनको बिम्बबाट, आसन ग्रहण, खोजी, मिसन यात्रा, धर्मदर्शन, जीवन दर्शन, नक्साको जून, कुमुदाग्नि, नेपाली उपन्यासमा आञ्चलिक: सिद्धान्त, परम्परा र प्रवृत्ति, परेवा र बाज, म गाउँ फर्कन्छु राखिएका छन्।

    यसैगरी नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित श्रीमद्भागवत महापुराणको नवीन संस्करण, वेदपुराणका रत्नहरूलगायत ५ सय विभिन्न शीर्षकका कृति पनि प्रदर्शनीमा बिक्रीका लागि राखिएको छ।

    सो विशेष पुस्तक प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आइतबार ९७ असोज० मा उद्घाटन गरेका थिए। उनले १ सय ११ वर्षे साझा प्रकाशनसँग १ सय ५ वर्षको ललितपुर महानगरपालिकाले एमओयु गरेर सहकार्य गर्ने जानकारी सो अवसरमा दिएका थिए।

    प्रदर्शनीमा साझा प्रकाशनमा लामो समय व्यतीत गरेका कभर डिजाइनर ९२ वर्षीय कलाकार टेकवीर मुखिया तथा नेपाली लोक नृत्यक्षेत्रमा विशिष्ट योगदान गर्नुभएका अग्रज स्रष्टा भैरवबहादुर थापाको समेत उपस्थिति थियो। मुखियाले साझा प्रकासनले प्रकासित गरेका अधिकांश पुस्तकको कभर डिजाइन गरेका थिए।

    साझा प्रकासनको पुल्चोकस्थित केन्द्रीय कार्यालयका अलावा बिर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, भरतपुर, पोखरा, नुवाकोट, बुटवल, दाङ र प्रदर्शनी मार्गमा असोज २२ सम्म प्रदर्शनी चल्ने प्रकासनले बताएको छ।

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.