बागलुङबजार । बागलुङको जैमिनी नगरपालिकाको छिस्तीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न भएको छ ।
राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर गौतमको प्रमुख आतिथ्यमा २०८० असोज ९ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।
असोज ५ देखि २७ गतेसम्म सञ्चालित जिल्लाव्यापी विशेष सङ्गठनात्मक अभियानअन्तरगत जैमिनी नगरपालिकाको वडा नं. ८ छिस्ती मा वडास्तरीय प्रशिक्षण भेला सम्पन्न भएको प्रमुख आतिथि सुवेदीले बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले मुलुकको व्यापारघाटा बढ्दै जाँदा देश आर्थिक सङ्कटमा फसेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मुलुकले सङ्घीयताको बोझ थेग्न सक्दैन । त्यसैले सङ्घीयता र एमसिसी खारेजीको विकल्प छैन ।
कार्यक्रममा राजमो जिल्ला सदस्य डिलबहादुर श्रीस, राजमो गुल्मी कालिगण्डकी पालिका समिति अध्यक्ष सूर्यबहादुर क्षेत्रीलगायतले प्रशिक्षण दिनुभएको थियोे ।
राजमोका नेता रघुनाथ शर्माको स्वागत, जीवन पुनको अध्यक्षता र हेमराज शर्माको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।