डोटी । केआईसिंह गाउँपालिका वडा नं २ मा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।
राजमोको केन्द्रीय कार्यक्रम ‘विशेष संगठनात्मक अभियान’ अन्तर्गत भेला भएको हो । भेलाले नयाँ समिति निर्वाचित गरेको छ ।
केशरसिंह नेपालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा पार्वती विक, सचिव हेमा परियार, कोषाध्यक्षमा नविन विक तथा सदस्यहरुमा शेरबहादुर नेपाली, गगनसिंह विक, धनसरा विक, वसन्ती विक, चनिराम विक, अमृता ताम्राकार, मीना विक, विक रहनुभएको छ ।
भेलाको उद्घाटन राजमोका महासचिव मनोज भट्टले गर्नुभएको थियो । कार्यक्रमलाई जिल्ला अध्यक्ष डबल बोगटीले शुभकामना दिनुभयो ।
केशरसिंह नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नविन विकले गर्नुभएको थियो ।
कार्यक्रममा राजमो जिल्ला सहसचिव खगेन्द्र जोशी, राजमो जिल्ला सदस्य पार्वती विक, राम भुल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका धनबहादुर विकको आतिथ्यता रहेको थियो ।