• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षकको सरुवा, बढुवा तथा दण्डको अधिकार स्थानीय तह होइन, केन्द्रलाई देऊ : राजमो


  •   शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले १७ बुँदे माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएको छ । शिक्षकमा माग तत्काल सम्बोधन गर्न पनि राजमोले सरकारसँग आग्रह गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुले राखेको शिक्षकको सरुवा, बढुवा तथा विभागीय दण्ड जरिवानाको अधिकार तत्काल स्थानीय तहलाई दिन नहुने मागमा समर्थन जनाउनुभएको छ ।

    यद्यपी स्थानीय तहलाई अहिलेभन्दा बलियो बनाउनुपर्ने पार्टीको धारणा रहेको पनि केसीले स्पष्ट पार्नुभएको छ ।

    ‘हाल विद्यमान रहेका पालिकाहरुका संरचना र नेतृत्व हेर्दा दलीय रुपमा अत्यन्त पूर्वाग्रही रहेको र संविधान जारी भएपछिको नयाँ पुनर्संरचना अन्तरगत शिक्षकहरु निकै प्रताडित हुनु परेको’ भन्दै राजमोले ‘तत्कालका लागि शिक्षकहरुको सरुवा, बढुवा, विभागीय दण्ड जरीवाना सम्बन्धी अधिकार केन्द्रीय सरकारलाई दिनु उपयुक्त’ हुने बताएको छ ।

    यस्तो छ, विज्ञप्ति
    शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० तथा शिक्षा विधेयकका विरुद्ध शिक्षकहरुले १७ बुँदे माग राखी संचालन गरेको विरोध कार्यक्रमप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. पञ्चायतकालमा निर्माण गरिएको शिक्षा ऐन यति लामो समयपछि अझ त्यसमा पनि २०४६ तथा २०६२÷०६३ सालको राजनीतिक परिवर्तन, त्यस अनुसार देशमा अभ्यास भएको राज्यको नयाँ पुनर्संरचना, शिक्षालाई नाफाको विषय बनाइनु हुन्न तथा शिक्षा राज्यको दायित्वभित्र पर्ने विषयमा व्यापक जनमत भएकाले यो दौरानमा स्वयं शैक्षिक प्रशासनको क्षेत्रमा देखा परेको समस्या र अवरोधको गम्भीर समिक्षा र मूल्यांकन नगरी हचुवाको भरमा शिक्षा विधेयक ल्याएको हुनाले प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति देशव्यापी रुपमा नै असन्तोष, विरोध तथा विवाद उत्पन्न भएको छ ।

    २. प्रस्तावित विद्यालय शिक्षा विधेयकले निजी विद्यालयलाई एक प्रकारको कानुनी छुट वा रियायत दिएको देखिन्छ । शिक्षा क्षेत्रमा त्यसप्रकारको छुटबाट निजी क्षेत्रको मुनाफा कमाउने प्रवृत्ति र शिक्षाको माध्यमबाट विद्यार्थी र स्वयं ती विद्यालयमा कार्यरत शिक्षकहरुको शोषण उपर नियन्त्रण गर्नको लागि अहिलेको यो विधेयकमा पनि कुनै प्रभावकारी व्यवस्था गरिएको छैन ।

    ३. शिक्षकका संघ संगठनहरु १७ बुँदे माग राख्दै आन्दोलित भएका छन् । उनीहरुका जायज मागहरुलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्दछ ।

    ४. शिक्षकहरुले अगाडि सारेको माग मध्येको स्थानीय तहको मातहतमा नबस्ने उनीहरुको सरुवा, बढुवा र विभागीय दण्ड जरिवानाको अधिकार स्थानीय तहलाई नभएर केन्द्रीय सरकारअन्तर्गत हुनु पर्दछ भन्ने मागलाई हाम्रो पार्टीले समर्थन गर्दछ । यद्यपि हाम्रो पार्टीले स्थानीय तहको अधिकार क्षेत्रमा बृद्धि हुनु पर्दछ भनेर जोड दिँदै आएको छ । शिक्षकहरुका सरुवा, बढुवा तथा विभागीय दण्ड जरीवानाको अधिकार स्थानीय तहलाई नभएर केन्द्रीय सरकारलाई हुनुपर्छ भन्दा केही विरोधाभास जस्तो देखिएता पनि हाल विद्यमान रहेका पालिकाहरुका संरचना र नेतृत्व हेर्दा दलीय रुपमा अत्यन्त पूर्वाग्रही रहेको र संविधान जारी भएपछिको नयाँ पुनर्संरचना अन्तरगत शिक्षकहरु निकै प्रताडित हुनु परेको अवस्थामाथि ध्यान दिँदा तत्कालका लागि शिक्षकहरुको सरुवा, बढुवा, विभागीय दण्ड जरीवाना सम्बन्धी अधिकार केन्द्रीय सरकारलाई दिनु उपयुक्त हुन जान्छ ।

    ५. नेपालमा विभिन्न राजनीतिक परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएको छ । गणतन्त्र स्थापनाका लागि पनि शिक्षकहरुको भूमिका महत्वपूर्ण रहेको थियो । तर प्रस्तावित विद्यालय शिक्षा विधेयकले शिक्षकहरुको पेशागत हक हितमा लागि ट्रेडयुनियन खोल्न पाउने अधिकारमाथि रोक लगाएको छ । यो कार्य लोकतान्त्रिक व्यवस्थाभित्रको निरङ्कुशता भएकोले शिक्षकहरुलाई आफू पेशागत हकहितका लागि आवाज उठाउने ट्रेडयुनियनको अधिकारको ग्यारेन्टी हुनुपर्ने कुरामा हाम्रो दलले जोड दिन्छ ।

    ६. संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय स्तरमा खडा गरिएका मान्यता प्राप्त संघ संगठनहरुले राज्यले विनियोजन गर्ने कुल बजेटको १० प्रतिशत शिक्षा क्षेत्रका लागि विनियोजन गर्नुपर्ने धारणा राखेको पाइन्छ । तर सरकारले हमेसा शिक्षा क्षेत्रलाई अन्यन्त न्यून बजेट विनियोजन गर्दै आएको छ । हाम्रो दलले शिक्षा क्षेत्रमा विनियोजित बजेट अपर्याप्त भएकाले बजेटको बृद्धिमा जोड दिन्छ ।

    ७. राज्यले निजामति सेवा क्षेत्रमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको सेवा सुविधामा विभेद गर्दै आएको हुनाले त्यसको अन्त्यमा जोड दिँदै निजामति सरहको सेवा सुविधा शिक्षकहरुलाई पनि उपलब्ध गराउन माग गर्दछौँ ।
    धन्यवाद १

    २०८० असोज ५ गते
    चित्रबहादुर के.सी.
    अध्यक्ष

    शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.