लोकेन्द्र पौडेल, चेन्नै (भारत) ।
गुल्मी कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ फुर्सेखानी निवासी डिलबहादुर श्रीसका ६० वर्षीय छोरा भीमबहादुर श्रीसको निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ ।
दुवै मृगौला फेल भइसकेको अवस्थामा चेन्नैको किल्पाक मेडिकल हस्पिटलमा उपचारार्थ भर्ना हुनुभएका श्रीसको सेप्टेम्बर १७, २०२३ आइतबार बेलुका ७ बजे निधन भएपछि सेप्टेम्बर १८ सोमबारका दिन दाहसंस्कार गरिएको हो ।
घटनाको जानकारी प्राप्त भएपछि मूल प्रवाहका कार्यकर्ता, आफन्तजन घटनास्थलमा पुगी घटनाको जानकारी लिई हस्पिटल र प्रशासनिक औपचारिकता पूरा चेन्नैको अम्बातुरस्थित समसानघाटमा अन्तिम क्रिया गरिएको छ ।
दाहसंस्कारमा सहभागी मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्यहरू काशिराम शर्मा, बुद्विराम पौडेल, गोपाल विक, क्षेत्रीय सदस्य सूर्यप्रसाद भुसाल, चेन्नै पश्चिम नगर समिति सदस्य प्रकाश नेपाली र कालीगण्डकी गाउँपालिका–४ का वडासदस्य अशोक पुनको सहभागिता थियो ।
त्यसैगरी, महेन्द्र बस्याल, अनिल श्रीस, कुमारी बुढा, शोभा चौधरी, अनिता श्रीस, राजु अधिकारी, माया रोका, भीमबहादुर थापा, कल्पना थापा, मेखबहादुर, डिबी राना, सीता राना, गिरी नेपाली, मानबहादुर राना, मीना पुन, रामप्रसाद पुन, बालकुमारी, डम्मर, होम थापा र यामबहादुर दर्लामीको पनि सहभागिता रहेको थियो ।
स्मृतिशेष श्रीसको दुखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गहिरो भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकाकूल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको प्राप्त समाचारमा उल्लेख छ ।